श्रीमतीले प्रेमिकासंग च्याट गर्न नदिएपछि एक महिना अघि मात्र विवाह गरेका श्रीमानले गरे आत्महत्या, पुर्वप्रेमिकाले पनि संसार छाडिन्

एजेन्सी । प्रेमिकासंग च्याट गर्न नपाएपछि एक जना ब्यक्तिले आत्महत्या गरेका छन् । ति पुरुष विवाहित हुन् । उनको विवाह एक महिना अघि मात्र भएको थियो । यो घटना भारतको हो । श्रीमतीले प्रेमिकासंग च्याट गर्न प्रतिबन्ध लगाइदिएपछि उनले आत्महत्या गरेका हुन् ।

ह्वाइट्सएपबाट च्याट गरिरहेका श्रीमानलाई श्रीमतीले च्याट नगर्न भनेकी थिइन् । शिवकुमार नाम गरेका ति ब्यक्तिले आफ्नी बचपनकी साथी १९ वर्षीया वेनेलासँग च्याट गरिरहेका थिए। श्रीमतीले प्रेमिकासँग च्याट नगर्न आदेश दिएपछि आवेशमा आएका शिवकुमारले झुन्डिएर आत्महत्या गरेका हुन्।

आफ्ना प्रेमीले आत्महत्या गरेको खबर थाहापाएपछि विक्षिप्त भएकी प्रेमिका वेनेलाले पनि एसिड पिएर आत्महत्या गरेकी छन्। एसिड पिएर छटपटाइरहेकी उनलाई भारतको गान्धी अस्पताल भर्ना गरिएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् ।

प्रहरीका अनुसार शिवकुमार र उनकी श्रीमतीबीच च्याटबारे पटकपटक झगडा हुने गरेको थियो। विवाह पछि पनि शिवकुमार पूर्वप्रेमिकासँग नियमित सम्पर्कमा थिए। श्रीमानको बानीबाट आजिद भएकी श्रीमतीले त्यस्तो बानी छोड्न दवाव दिएकी थिइन् । उनले उनीहरुको सम्बन्ध छुटाउने प्रयास समेत पटक पटक गरेकी थिइन् । शनिबार मात्र शिवकुमारलाई उनकी पत्नीले छिमेकीको घरमा लगेर सम्झाइ दिन अनुरोध गरेकी थिइन्।

घटना भारतको सिकन्दराबादको मारेडपल्लीमा भएको हो। प्रहरीका अनुसार केही दिन अघि मात्र उनीहरुबीच च्याटकै बारेमा झगडा समेत भएको बुझिएको छ । श्रीमतीले उनीहरुको सम्बन्धवारे परिवारमा बताइदिने धम्की समेत दिएकी थिइन्। पेशाले इलेक्ट्रोसियन शिवकुमारको विवाह अघिल्लो महिनामा मात्र भएको थियो।

Comments