रजनीकान्तको २.० को ट्रेलर रिलिज, हेर्नुहोस् बलिउडको सबैभन्दा दमदार भिडियो इफेक्ट

१७ कार्तिक,काठमाडौं । सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म २.० को ट्रेलर रिलिज भएको छ । रजनीकान्तको सुपरहिट फिल्म रोबोटको सिक्वेल यो फिल्म बलिउडकै सबैभन्दा ठूलो बजेटको फिल्म हो । फिल्ममा अक्षय कुमार खलनायक हुनेछन् ।

अक्षय कुमार यो फिल्ममा एक जिनियस वैज्ञानिकको भूमिकामा देखिँदैछन् । ट्रेलरमा अक्षयले सेलफोन राख्ने हरेक मान्छेलाई हत्यारा सम्झिन्छन् र उनीहरुको सेलफोन खोस्छन् । फिल्ममा रजनीकान्तको रोबोट चिट्टीको दोस्रो संस्करण देख्न पाइनेछ । रजनीकान्तको २.० को ट्रेलर रिलिज, हेर्नुहोस् बलिउडको सबैभन्दा दमदार भिडियो इफेक्ट हेर्नुहोस् ट्रेलर –

Comments