पहिलोपटक निर्मला पन्त हत्याकाण्ड बारे लिक भयो डील्लीराजका बाबुछोराले गरेको अडियो

२० कार्तिक,महेन्द्रनगर– तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले अझै वास्तविकता बाहिर ल्याउन सकेको छैन । बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको शवको पोष्टमार्टम पनि जालसाझीपूर्ण हुन सक्ने शंका गरिएको छ । निर्मलाको हत्याको मूल कारण मेरुदण्डको माथिल्लो भाग टुट्दा भएको प्रमाण प्राप्त भएको छ। निर्मलाका हात र अन्य अंग कस्सिएका छन् । शरीरका अंग खुम्चिएका छन्। तिनलाई मोड्न सकिने देखिन्न । प्रहरीका अनुसार निर्मलाको टाउको एकदमै लुलो छ ।

अनुसन्धानकर्ताहरूले पनि हेरेको हुनुपर्छ। निर्मलाको टाउको फनफनी घुम्ने दृश्यतर्फ अहिलेसम्म कसैले ध्यान दिएको छैन। निर्मलाको टाउको फनफनी घुम्नु आश्चर्यजनक हो किनभने निर्मलाको हत्या घाँटी थिचेर भएको भनिएको छ । सेवानिवृत्त प्रोफेसर तथा धनगढीमा बसेर सेवा प्रदान गरिरहेका सुदूरपश्चिम प्रदेशका वरिष्ठ चिकित्सक डा। सुभेषराज कायस्थका अनुसार भोकल कर्ड भाँचिएर मृत्यु भएको अवस्थामा घाँटी पनि कक्रक्क हुन्छ । स्पाइनल कर्डको सबैभन्दा माथिल्लो भाग टुट्दा मात्रै घाँटी यसरी फनफनी घुम्छ ।

सर्भिकल क्वाइन भनिने स्पाइनल कर्डको सबैभन्दा माथिल्लो भाग झुण्ड्याइएको अवस्थामा मात्रै भाँचिने डाक्टर कायस्थको भनाई छ । महाकाली अञ्चल अस्पतालमा गरिएको पोष्टमार्टमको रिपोर्टमा भोकल कर्ड भाँचिएर निर्मलाको मृत्यु भएको उल्लेख छ । पोष्टमार्टममा उल्लेखित यो कुरा उच्चस्तरीय छानविन समितिको प्रतिवेदनमा पनि छ । त्यो प्रतिवेदनमा सर्भिकल क्वाइन भाँचिएको कुनै तथ्य उल्लेख छैन ।

शवको घाँटी फनफनी घुमिरेहको अवस्थामा पनि महाकाली अञ्चल अस्पतालका चिकित्सकले स्पाइनल कर्ड वा सर्भिकल क्वाइन भाँचिएको भनेर पोष्टमार्टम रिपोर्टमा उल्लेख गरेका छैनन् ।उच्च स्तरीय छानविन समितिको प्रतिवेदन अनुसार पोष्टमार्टममा तीनजना डाक्टरहरूको संलग्नता रहेको थियो । निर्मला हत्याकाण्डपछि चर्केको आन्दोलनका क्रममा आन्दोलनकारीले निर्मलाको हत्या रोशनी बम र बबिता बम दिदीबहिनीको घरको आँगनमा रहेको अम्बाको रुखमा झुण्ड्याएर गरिएको दावी गरेका थिए ।

घटनाको दिन अर्थात् १० साउन २०७५ को एकसाता नबित्दै अम्बाको त्यो रुख काटिएको थियो । यसैबीच, बर्खास्तमा परेका परेका दिल्लीराज विष्टका छोरा किरण विष्ट र उनका साथी शिशिरसँग कुरा गरेको टेलिफोन वार्ता लिक भएको छ । किरणले निर्मला हत्याका बारेमा आफ्ना साथीलाई मिलाएर कुरा गर्न भनेका छन् ।

Comments