स्वास्थ्यप्रति सचेत छु: स्वस्थ रहन स्वयं व्यक्ति नै सचेत हुन जरुरी छ । अहिले प्रायजसो स्वास्थ्य सचेतना सबैमा छ । आफूलाई कसरी निरोगी राख्न सकिन्छ भन्ने ज्ञान हामी सबैलाई छ । मेरो बुझाइअनुसार स्वस्थ रहन के गर्नुपर्छ अथवा के गर्नुहुँदैन भन्ने चेतना सबैमा छ । समयसँगै सचेतना बढ्दै गएको छ । निरोगी बन्न हरप्रयास गरिरहेका हुन्छौँ, जुन एकदम सकारात्मक पक्ष हो । नियमित व्यायाम गर्ने, समयको व्यवस्थापन गर्ने, पौष्टिक आहार मिलाएर खानेलगायत कार्य गरिरहेका हुन्छौँ । त्यसै समूहमा म पनि पर्छु । आफ्नो स्वास्थ्यबारे एकदम सजग छु । निरोगी बन्ने प्रयास सधैँ जारी छ ।
योगा गर्छु: मैले दैनिक योगा गर्ने गरेको छु । योगा गर्न थालेको ४८ वर्ष भइसक्यो । मैले योगा गर्न थाल्दा अहिलेजस्तो योगाबारे ज्ञान थिएन अथवा योगा गर्नुपर्छ भन्ने चलन नै थिएन । पुस्तकमा पढेर योगा गर्नुको फाइदा धेरै रहेछन् भन्ने थाहा पाएर सुरु गरेको हुँ । योगाले मलाई फिट रहन सहयोग गरेको छ । यसले मानसिक तथा शारीरिक रूपमा फ्रेस बनाएको छ । एक अथवा सवा एक घन्टा योगा गर्छु । कहिलेकाहीँ मर्निङवाक पनि जान्छु ।
सकारात्मक सोच राख्छु: स्वस्थ रहन पौष्टिक आहारसँगै सकारात्मक सोच पनि आवश्यक छ । सकारात्मक सोचले हामीलाई जहिले पनि स्फूर्त राख्छ, सिर्जनशील बनाउँछ । यसले गर्दा सकेसम्म मनमा नकारात्मक विकार आउन दिनु हुँदैन । सधैँ सकारात्मक सोच्ने, आफूलाई खसी राख्नुपर्छ । मेरो मनमा कहिले पनि नकारात्मक धारणा आउँदैन । त्यस्तै, म जस्तोसुकै परिस्थितिमा पनि खुसी रहने कोसिस गर्छु ।
समयअनुसार सबै ठीक हुन्छ भन्ने सकारात्मक सोच राख्ने आशावादी व्यक्ति हुँ । यसले मलाई फिट राख्न मद्दत गरेको छ । सबैसँग खुसीसाथ कुरा गर्छु । परिवारसँग, साथीभाइसँग रमाइलो गर्छु । सामाजिक विषयमा छलफल गर्दा त्यसले सकारात्मक प्रभाव पार्छ । कसैसँग खुसी भएर कुरा गर्नु नै मेरा लागि मेडिटेसन हो । मैले दैनिक योगा गर्ने गरेको छु । योगा गर्न थालेको ४८ वर्ष भइसक्यो । यसले फिट रहन सहयोग गरेको छ । योगाले मानसिक तथा शारीरिक रूपमा फ्रेस बनाउँछ ।
पूजा गर्छु: म बिहान पूजा गर्नुका साथै ३५ देखि ४५ मिनेट साईरामको भजन गाउँछु । हामी सबै परिवार बसेर भजन गाउने गरेका छौँ । स्वस्थ रहन आफूलाई जुन काम गर्दा खुसी मिल्छ त्यही गर्नुपर्छ । मानिसहरू खुसी हुन विभिन्न कार्य गर्छन् । मचाहिँ भजन गाउँछु । भजन गाउन मेरो लत नै बस्यो भन्दा हुन्छ ।
विशेष खाना हुँदैन: म आमनेपालीले खाने खाना नै खान्छु । मलाई यस्तै खाना खानुपर्छ भन्ने छैन । अर्थात्, यो समयमा यो खानेकुरा खानुपर्छ भन्ने छैन । घरमा जे छ त्यही खान्छु । तर समयमा खाने प्रयासचाहिँ हुन्छ ।
ब्रेकफास्ट : बिहान खाजा साढे ७ अथवा ८ बजेभित्र खान्छु । कहिलेकाहीँ फलफूल मात्रै हुन्छ । काँक्रा, गाँजरहरू मात्रै पनि खान्छु । कहिले अन्डा, कहिले कन्फ्लेक्स खान्छु । दुध दैनिक एक ग्लास पिउँछु ।
खाना : खाना साढे ११ अथवा १२ बजेतिर हुन्छ । खानामा दालभात तरकारी हुन्छ ।
दिउँसो : दिउँसो खाजामा पनि जे उपलब्ध हुन्छ त्यही खान्छु । कहिले कफी, ब्रेड हुन्छ । फ्रुट मात्रै पनि हुन सक्छ ।
साँझ : बेलुकाको खानामा चाहिँ रोटी र तरकारी सकेसम्म खान रुचाउँछु । हरियो सागसब्जी खान्छौँ । दाल अलि बढी पिउँछु ।
माछामासु : म ननभेज नै हुँ । सबै खान्छु । तर, मंगलबार र बिहीबार माछामासु खाँदिनँ । त्यस्तो विशेष कारण केही पनि छैन । कम्तीमा हप्तामा दुई दिन मासु नखानु स्वास्थ्यका लागि लाभदायक हो भन्ने बुझाइले नखाएको हो । मंगलबार मासु नखाएको ४८ वर्ष भयो भने बिहीबार नखाएको १८ वर्ष भयो । मलाई धेरै मनपर्ने भनेको माछा हो । चिकेन पनि खान्छु । मटन एकदम थोरै खान्छु । डाक्टरले पनि रेड मिट धेरै नखानु भन्ने सल्लाह दिएकाले राँगा–खसीको मासु कम खान थालेको छु ।
पानी : हरेक बिहान लेमन पानी पिउँछु । दिनभर आफ्नो शरीरलाई आवश्यक पर्नेजति पानी पिउने गरेको छु । दैनिक पाँच लिटरजति पिउँछु । जाडो समयमा अलि कम हुन सक्छ । पानी पिइरह्यो भने शीतल पनि महसुस हुन्छ । शरीरको सुक्खापन हराउँछ ।
जाँडरक्सीमा लत बसेन: म नेवार समुदायमा जन्मेको हुँ । जाँडभन्दा पनि रक्सी हाम्रो संस्कारमा पर्छ । जन्मँदा पनि मर्दा पनि रक्सी चाहिन्छ । सानोमा अलि–अलि पिइयो, सगुनका रूपमा । पछि, ज्ञान आउँदै गएपछि अरूतिर ध्यान गयो । त्यस्तो लत बसेन । चुरोट कहिल्यै पिइनँ । तर, अभिनय क्षेत्रमा भएकाले भूमिका निभाउनुपर्दा कहिलेकाहीँ पिउनुपथ्र्यो । त्यसले गर्दा दर्शकलाई चाहिँ भ्रम परेको हुन सक्छ ।
नियमित स्वास्थ्य जाँच: हामी आफूलाई गाह्रो नभएसम्म स्वास्थ्य जाँच गर्न जाँदैनौँ । जसको कारण गम्भीर समस्यामा पर्न सक्ने सम्भावना बढी रहन्छ । मैले हरेक चार महिनामा स्वास्थ्य जाँच गर्ने गरेको छु । यसले रोगबाट बचाउनुका साथै सजग पनि गराउँछ । नियमित स्वास्थ्य जाँच गर्नु भनेको आफैँले आफैँलाई ख्याल गर्नु पनि हो । यसले हामी आफूलाई कति माया गर्छौं भन्ने पनि देखाउँछ । आफ्नो स्वास्थ्य अवस्थाबारे राम्ररी जानकार हुनुपर्छ, त्यसका लागि नियमित स्वास्थ्य जाँच गर्न जरुरी छ । भगवान्को कृपा, दर्शकको मायाले गर्दा सामान्यबाहेक स्वास्थ्यमा खराबी छैन । खुसी छु ।
व्यवस्थित जीवनशैली बनाउने कोसिस: म आफ्नो जीवनशैली व्यवस्थित बनाउने कोसिस गर्छु । केही हदसम्म सफल पनि भएको छु । सकारात्मक सोच राख्छु । साईबाबा भन्नुहुन्छ– ‘लभ अल, सर्भ अल, हेल्प एभर हर्ट नेभर’ । यो भनाइलाई आत्मसात् गरेर अघि बढिरहेको छु । मान्छेहरू रक्सी पिएर अरूलाई गाली नगर्नु भन्छन्, तर मचाहिँ दूध पिएर पनि अरूलाई गाली गर्नु हुँदैन भन्छु । विनाअर्थमा अरूलाई किन गाली गर्ने ? अथवा, गल्ती गरेकै भए पनि नबुझेको मान्छेलाई सम्झाउनुपर्छ, फकाउनुपर्छ भन्ने मान्यता राख्छु । सकारात्मक सोच राख्नुका साथै व्यवस्थित जीवनशैलीले स्वस्थ छु भन्ने लाग्छ ।

Comments
Post a Comment