काठमाडाैं। सबैलाई चिन्तित तुल्याएको थियो – प्रधानमन्त्री केपी शर्मा ओलीको यसपटकको स्वास्थ्यस्थितिले । गत सोमबार विहान चार बजे उहाँलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुर्याउनु परेको थियो । ५ दिन लामो अस्पताल बसाईपछि प्रधानमन्त्री ओली आज साँझ सरकारी निवास बालुवाटार फर्कंदै हुनुहुन्छ ।उहाँको उपचारको खर्चमा उहाँको निजी रकम प्रयोग गरिन्छ या सरकारले व्यहोर्छ अथवा अस्पतालले नै व्यहोर्छ भन्ने विषयहरु समेत उठे । तर उहाँको उपचार खर्च मात्र ३६ हजार लागेको छ ।
जुन खर्च सरकारले व्यहोर्ने भएको छ । भाइरल ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओली गत सोमबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचाररत हुनुहुन्छ । बिहीबार नै पूर्णरुपमा स्वास्थ्य भैसकेको भनिए पनि उहाँ अझै अस्पताल कै सीसीयुमा हुनुहुन्छ । ५ दिन अस्पतालको सीसीयुमा बसेर उपचार गराउनु भएका प्रधानमन्त्री ओलीको उपचार ३६ हजारमा भएको छ । अस्पतालले प्रधानमन्त्री सामान्य अवस्थामा रहेको शुक्रबार बिहानको प्रेस विज्ञाप्ति मार्फत जनाएको छ ।
यस अघि सधै थाइल्याण्ड जाने प्रधानमन्त्रीको एक पटक थाइल्याण्ड उपचारमा जाँदा कम्तिमा पनि १० लाख खर्च हुने गरेको रेकर्ड छ । तर यो पटक स्वदेशमा उपचार गराउदा आर्थिक भार आधा लाख पनि पुगेको छैन भने उहाँले अस्पतालबाटै काम गर्दै बिशेष उपचार पनि पाइरहनु भएको छ । सोमबार बिहान देखि अस्पतालको सीसीयुमा भर्ना भएर उपचार गराइरहेका प्रधानमन्त्रीको उपचार औषधिसहितको खर्च शुक्रबार बिहान सम्मको ३६ हजार भएको छ ।
हाल प्रधानमन्त्रीलाई राखिएको मनमोहन कार्डियोको सीसीयुको बेडचार्ज एक दिनको ३ हजार ४ सय रहेको छ । सोमबारदेखि शुक्रबारसम्म बेड चार्ज मात्रै १३ हजार ६सयको बिल पुगेको छ । त्यस्तै औषधिको ११ हजार १ सय १७ बिल छ । अस्पतालमा छातीको एक्सरे , पटकपटक ब्लड जांच मुटुको एको इसिजी लगायत बिभिन्न अन्य जाँचहरु पटकपटक भएका छन् र उनलाई औषधि पनि एन्टीबायोटिक्स् लगायत स्टोराईडहरु दिइएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह बताउनु हुन्छ ।
सम्पुर्ण परीक्षणको १२ हजार ४० खर्च पुगेको छ । शुक्रबार बिहान ११.३० सम्म उहाँको उपचारको बिल ३६ हजार ७ सय ५७ पुगेको हो । उहाँलाई एन्टीबायोटिक्सहरु मुखबाट नखुवाएर इन्जेक्सन मार्फत दिइएको छ । त्यसैले पनि उनको स्वास्थ्य सामान्य भए पनि एन्टीबायोटिक्सको डोज पूरा नभईकन डिस्चार्ज गर्न नमिलेको हो । जे होस् सधैं थाइल्याण्ड जाने प्रधानमन्त्री ओलीले यो पटक भने स्वदेश मै उपचार गराएर आर्थिक भार मात्र कममात्र गर्नु भएको छैन्, स्वदेशी स्वास्थ्य सेवाको पनि सम्मान गर्नु भएको छ ।

Comments
Post a Comment