डाक्टर जस्तो मान्छे पनि कति सारो यौनपिपासु ? : एक रातको प्रस्ताव

एक तमासले ल्यापटपमा काम गरिरहेकी सजनीलाई कुकुरको ङयारङयार-ङुरङुर आवाजले काम गर्नै दिएन। यो नौलो घटना थिएन। ऊ बसेको घरअगाडि कुकुरहरुको उछलकुद दिक्कलाग्दो हुन्छ। खैरे डाँगो सधैं आफूलाई अगुवा ठान्छ। उस्को काली कुकुर्नी छे। साह्रै माया गर्छ। कालीलाई देखेपछि अरु लुते कुकुर पनि उसैको पछि लाग्छन्। अनि त के चाहियो? उनीहरुमाझ प्रतिस्पर्धा सुरु भइहाल्छ। खैरे सधैं ‘काली त मेरै हो’ भनेझैं कसैलाई उसको छेउमै ढिम्कीन दिँदैन। खैरेको सुरक्षा र माया पाएकी कालीलाई सजनी भाग्यमानी ठान्छे। हरेक दिन घट्ने यी घटनाहरुसँग चिरपरिचत छे ऊ। सुरु-सुरुमा उसलाई कुकुरको आवाजले दिक्क बनाउँथ्यो तर हिजो आज भने ऊ यसैमा अभ्यस्त भएकीले स्वाभाविक मान्न थालेकी छे। आज पनि खैरेले नै जित्यो। श्रावण महिनाको उखरमाउलो गर्मीमा परेर रोकिएको पानीले बाहिर शीतलता छाएझैं सजनीले आफ्नो मनभित्र पनि शीतलता महशुस गरी। बलेसीमा अझै तप्प तप्प तपको आवाज निरन्तर आइरहेको थियो। त्यही आवाजमा रोमाञ्चित हुँदै पुनः ल्यापटप निकालेर पुराना फोटाहरु नियाली र ‘नोस्टाल्जिक’ हुन थाली ऊ। मोबाइलको घण्टीले सजनी झसङ्ग भई। उसलाई मोबाइल उठाउने जाँगरै चलेन। आँखा एउटा फोटोमा गएर टक्क अडियो, जुन ६ महिना अगाडि खिचिएको थियो। घरबाट जे लुगामा हिँडेकी थिई, त्यही लुगामा विनयले भद्रकाली मन्दिरमा टीका लगाइदिएको थियो उसलाई। आमाबाबुले घोर विरोध गर्दा गर्दै पनि डाक्टर भैसकेको व्यक्तिसँग सौहार्द किसिमले जीवन अगाडि बढ्छ भनेर भागेकी थिई विनयसँग। भद्रकाली देवीलाई साक्षी राखी सँगै बाँच्ने सँगै मर्ने कसम खाएका थिए दुवैले। ‘पक्कै त्यो विनयकै फोन हुनुपर्छ’, अडकल काटी। ‘जिस्किनुको पनि हद हुन्छ नि….।’ अब जे भयो भयो, यसरी त कति दिन चल्छ र? आज चाहिँ ‘सरप्राइज’ दिन्छु्ु’, मसक्क मस्किई। ठूला-ठूला आँखा, हिु्स्सी परेको बाटुलो मुहार, सुडोल शरीर कलिलै उमेरमा साह्रै लोभलाग्दी थिई सजनी। आफ्नो घरनजिकै फ्ल्याटमा बस्न आएको विनयसँग आँखा जुध्दा जुध्दै प्रेम बसेको थियो। सजनीको रुप र यौवनमा आकर्षित भएर बिबिए पढ्दै गरेकी सजनीलाई माग्न गएको थियो उसका बाबुआमासँग। जात र खान्दानको कुराले दिन नमाने पछि भगाएको थियो सजनीलाई विनयले। त्यसपछि दुवै बानेश्वर भीमसेन गोलामा फ्ल्याटमा बस्थे। सजनीले आफ्नो पढाइलाई निरन्तरता दिई। विहान कलेज जान्थी। दिउँसो घरमै रहन्थी ऊ। पाँच दिन भइसकेको थियो विनयसँग बोलचाल बन्द भएको। विनयले कत्ति फकाउँदा पनि बोल्न मानेकी थिइन सजनी। त्यसैले आज ऊ बोल्ने मुडमा थिई। किचेनमा गई भटमास र बदाम साँधी। विहानको काउली आलुको तरकारी बेलुकालाई समेत हुने गरी बनाएकी थिई। प्राउन र पापड तारी खाजा ठीक्क बनाई। कोठामा गई श्रृंगार पारी। चिटिक्क भई। ल्यापटप खोलेर कलेजमा प्रस्तुत गर्नुपर्ने ‘प्रिजेन्टेसन’ बनाउन तल्लिन भई। साँझ ६ बजिसकेछ पत्तै पाइन। ढोकाको घण्टी ट्याँ गरेपछि पो थाहा पाई। ‘विनय आएको होला,’ मुस्काउँदै ढोका खोल्न गई। ‘लौन त्यही साथी पो बोकेर आएछ।’ झसंग भई। ‘पाँच दिन अगाडि जुन मान्छेको विषयमा झगडा भएको थियो, उसैलाई बोकेर आएछ। जिस्केको भनेको थियो। साँच्चै नै ल्याएछ।’ ओठ-मुख-तालु सुके। डर र रिसले भाउन्न भई सजनी। ‘नमस्ते भाउजु’ भन्दै सत्तीश भित्र छिर्यो। रिसले गाला रगत चुहिएलाझैं भयो सजनीको। आफूलाई सम्हाली। ‘ल यो मासु लेराएको छु। यसलाई राम्ररी फ्राइ गर। थोरै स्न्याक्स पनि बनाउ है। तिमीलाई मन पर्ने वाइन ल्याएको छु। आज सँगै बसेर खाने अनि अस्ति राती भनेजस्तो मोज गर्नुपर्छ के काली’, लाडिँदै बोल्यो विनय। ङिच्च हाँस्दै खाऊँलाझैं हेर्यो सत्तीशले। ‘ल ल भाउजु आज चैं रमाइलो हुने भो। म सघाउन आउँछु नि।’ बोल्यो सत्तीश। चड्याम्म चड्काउन हात उठेका थिए, विस्तारै सम्हालिई। दुई-दुई जनासँग केही लाग्दैन भन्ने सोची। ‘हैन हैन पर्दैन यत्ति त हो म गरिहाल्छु नि’, मन लागि-नलागि बोली, ‘हजुरहरु रमाइलो गर्दै गर्नु म बनाएर ल्याउँछु।’ किचेनमा गई। ‘मान्छे भएर मेरो जुनी त कुकुरको भन्दा नि गैबार भो। त्यो पसलअगाडि बस्ने काली कुकुर्नीेले कति सुरक्षा पाएकी छे त्यो खैरेको।’ मनमनै दाँजी। के गर्ने, के नगर्ने। मर्ने कि बाँच्ने असमञ्जस्यतामा परी। स्टाण्डबाट चक्कु निकाली। ‘छप्काइदिन्छु दुवैलाई। कि म छैन कि तिनीहरु छैनन्’, सोची, ‘दुई दुई जना मुस्तन्ड भुसतिघ्रेहरुको अगाडि मेरो के लाग्ला?’ निकालेको चक्कु स्टाण्डमै घुसारी। पाँच दिन अगाडिको रातमा विनयले बेडमा पुगेपछि जिस्किँदा-जिस्किँदै एउटा प्रस्ताव गरेको थियो सजनीसँग। उस्को साथी सत्तीशसँगै एक रातका लागि तीनैजना एउटै बेडमा सँगै सुत्ने। सुन्नै नसक्ने विनयको प्रस्ताव सुनेपछि आगो भएकी थिई सजनी। हात हालाहाल हुन लागेपछि ‘जिस्केको, तिम्रो मन चोरेको के काली’ भनेर सजनीलाई फकाएको थियो। उसको रिस राम्ररी मरेकै थिएन। यसरी कति दिन चल्छ र भनेर आज ऊ बोल्ने मुडमा थिई तर साथी नै लिएर आएपछि त जिल्लै परी। हरेक रात विनयले चाहेको समयमा, चाहेअनुरुप सधै तयार हुन्थी सजनी। विनयको कामुकता उग्र नै हुन्थ्यो। तर यतिसम्म उग्र होला भनेर सपनामा पनि सोचेकी थिइन। आफ्नै श्रीमतीलाई परपुरुषसँग सुत भनेर आजसम्म कसैले भन्ने हिम्मतसम्म गरेको सुनेकी थिइन। तर, छ-छ महिना श्रीमती भनेर सँगै उठबस गरेको मान्छेलाई आफ्नै उपस्थितिमा परपुरुषसमेत सँगै राखेर कामुकता मेटाउने प्रस्ताव राख्नु कस्तो मानसिकता होला? छक्कै परी। डर, त्रास, उकुस-मुकुसले मर्नु न बाँच्नुको दोसाँधमा पुगी। विनय र सत्तीश घनिष्ट साथी हुन् भन्ने राम्ररी बुझेकी सजनी कल्पनै नगरेको घनिष्टता देख्दा अवाक भई। दुवै कहिले पोखरा कहिले चितवन भनेर एक दुई दिन हराउँथे। हराउनुको रहस्य पनि बुझी। यहाँबाट अब कसरी उम्कने? कसरी छुटकारा पाउने भन्ने सोचमा तल्लिन भई। विनय र सत्तीशको चियर्सको आवाजसँगै चर्को हाँसोको फोहरा किचेन हुँदै उसको कानसम्म बज्रिरहेको थियो। ‘अरे यार कसरी मनाइस्? मान्ने खालकी मान्छे त होइन। तँलाइ त मान्नै पर्छ। असम्भव काम पनि फत्ते गरी छाड्ने’, लरबरिएको स्वरमा सत्तीश बोल्यो। ‘चुप-चुप विस्तारै बोल। काँ मान्नु नि, मान्ने खालको हो र, छक्काएर जबरजस्ती ट्रापमा पारेको नि, तेरो पैंचो तिर्नु परेन मैले?’ साउती गर्दै बोल्यो विनय ।‘क्या मोज गरियो है पोखरामा? मान्छे त हो के त्यो श्वेता मोटी, पुरै खेलाडी! केही दिनअघि मात्र पोखरामा आफ्नी गलफ्रेण्डसँग दुवैले गरेको ‘मोज’को संस्मरण गराउँदै बोल्यो सत्तीश। हातका चोर औंलालाई ओठसम्म पुर्याउँदै चुप लाग्ने इशारा गर्यो विनयले सत्तीशलाई। ‘ल सजनी, मैले रुपा दिदीसँग कुरा गरें। अहिले राती भइसक्यो। भोलि बिहानै दिदीलाई भेट्न जाने।’ दीपाले रुपा दिदीसँग के भनी कसो भनी सजनीले खासै चासो देखाइन। ‘जुन मान्छेसँग जिन्दगी बिताउँछु भनेर परिवार त्यागेर आएँ, त्यही मान्छे नै आफ्नो नभएपछि अब के नै बाँकी रह्यो र? कुन दिनमा कस्तो मान्छेको फेला परिएछ। धिक्कार छ मेरो जीन्दगी।’ भोलिपल्ट बिहान सबेरै दुवै रुपा दिदीलाई भेट्न गए। रुपा दिदीले घटनाको सबै बेलिविस्तार बुझेपछि सहयोग गर्ने वचन दिइन्। केही प्रक्रिया र उपायहरु बताइन्। सजनी असुरक्षित अवस्थामा भएकोले उनकै कार्यालय अन्तर्गतको सेफ हाउसमा बस्ने सल्लाह दिइन्। बल्ल दीपाले लामो सास फेरी। समस्या समाधानका बाटाहरु खुल्न थालेकाले हलुंगो महसुस गरी। रुपा दिदीलाई धन्यवाद दिई। घटना बाहिर आएलगतै विनय काम गरिरहेको हस्पिटलबाट निकालियो। पुलिस चौकी, अड्डा, अदालत धाइ रहनुपर्दा र पुलिसको केरकार, सवाल-जवाफबाट सजनी दिक्क भई। के-के जवाफ दिनु? कति दिनु। विनयले पनि मुद्दा मिलेमतोमै टुङ्गयाउन जोड गरिरहेको थियो। अन्ततः रुपा दिदीलगायत सबैको सल्लाहमा मुद्दा मिलोमतो मै टुङ्गियो। सजनीले क्षतिपूर्ति वापत एघार लाख रुपैयाँ पाउने फैसला भयो। अधिकारकर्मी दिक्षा दिदी ५५ वर्षको उमेरमा लोग्ने छाडेर लेस्वियन भएको सुनेकी थिई। दुई-दुई वटा छोरीकी आमा कसरी लेस्वियन हुन्छ? हुनै नसक्ने हल्ला भनेर पत्याएकी थिइन। आज उसकै मिल्ने साथीले रोजेको जीवन जीउने मोड देखेपछि तीन छक्क परी। सजनीको मुद्दाको सिलसिलामा सजनीको साथ-साथ आफूले पाएको दुख पीडा, बेइज्जती, धम्की, गाली सबै एकपटक फेरि सम्झी।‘त्यतिबेला हामीले सोचेको, चाहेको र सजनीको अधिकारको लागि लडेको लडाइको अन्तिम गन्तव्य यही थियो त? लोग्ने मान्छेप्रति उब्जिएको वितृष्णाकै कारण आज ऊ यो मोडमा पुगी त? के यो त्यही एक रातको प्रस्तावकै परिणाम हो त?”

‘त्यतिबेला हामीले सोचेको, चाहेको र सजनीको अधिकारको लागि लडेको लडाइको अन्तिम गन्तव्य यही थियो त? लोग्ने मान्छेप्रति उब्जिएको वितृष्णाकै कारण आज ऊ यो मोडमा पुगी त? के यो त्यही एक रातको प्रस्तावकै परिणाम हो त?” तर, निरुत्तर …।

Comments