दु:ख पाउनुछ वा धोका खानु छ भने एमालेमा गए हुन्छ, बल्ल बुझ्दैछु एमाले कस्तो छ-कोमल वली

काठमाडौं। राप्रपा छोडेर नेकपा एमालेमा प्रवेश गरेकी गायिका कोमल वलीले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। एमालेले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक सूचीमा नराखेपछि कोमलले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। वलीले साढे ४ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेको बताइन्।

उम्मेदवारी दर्ता गरेपछि वलीले भनिन्,‘एमालेले मलाई धोका दिएकाले मैले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुँ। मलाई विश्वास छ, मलाई मत दिएर जिताउनु हुनेछ।’

एमालेले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाउने भन्दै वलीलाई पार्टी प्रवेश गराएको थियो।अन्तिम समयमा एमालेले प्रत्यक्षमा टिकट दिन नसकिने बताउँदै वलीलाई समानुपातिक सूचीमा राख्ने बताएको थियो। तर, समानुपातिक सूचीमा पनि एमालेले नराखेपछि स्वतन्त्र उम्मेदवारी दिएको वलीले बताइन्।

‘मलाई पहिले नै केही मान्छेले भनेका थिए कि एमालेले धोका दिन्छ भनेर। तर, मैले अहिले बल्ल बुझ्दै छु,’ उनले भनिन्।

गत फागुनमा भएको राप्रपाको एकता महाधिवेशनबाट वली केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्। महाधिवेशन भएको ६ महिना नपुग्दै राप्रपा फुटेपछि वली एमाले प्रवेश गरेकी हुन्। वलीलाई असोज दोस्रो साता दाङको घोराहीमा आयोजित भव्य कार्यक्रमकाबीच वलीलाई एमाले उपाध्यक्ष वामदेव गौतम र स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीमा भित्र्याएका थिए।

यससँग सम्वन्धित पुरानो समाचार

सुर्यमा भोट हालेर को को पछुताउदै हुनुहुन्छ ? तपाईको भोट खोलामा गैसक्यो

उ बेला सहि पनि एमाले
मै पनि एमाले
अहिले चाहिँ उखाने एमाले ….खाने एमाले ।

न त जनताको पिर मर्का बुझ्यो , न त जनतालाइ साथ दियो ।

न त बुढा बुढिलाइ भनेको कुरा पूरा गर्यो ।



न त युवाले सोचेको काम गर्यो ।

भोट जति फुत्कायो अहिले करमा नेपालि सारालाइ सेक्दै छ । जे होस जनताले बुझ्ने मौका पाए कि नागलाइ बिस्वास गर्दा कसरी पछि डस्छ भन्ने कुरा ।

बलत्कारी लाई छुट , हत्यारालाई रिहा अनि भ्रस्टचारिलाइ केही नगर्ने यो नालायक सरकार , एक देश प्रेमी डाक्टरलाइ २७ दिन भोकमरिमा राखेर मरे मरोस भन्छ ।

बलत्कार बिरुद्द बोल्नेलाइ गिरफ्तार गर्छ । अनि बिकासका ठुला कुरा गर्छ तर काम भने सिन्को भाच्दैन ।

बुझ्न नसकेको कुरा, बलत्कारी लाई फासी अनि भ्रस्टाचारिलाइ कारवाहिको माग गर्दा सरकार किन गिरफ्तार गर्छ ? हो पछिल्लो समय येहि भैराको छ। बिरोद गर्ने आफ्नो आफ्नो तरिका हुन्छन, बिरोध गर्दा किन सरकारले कानमा तेल हालेर बस्छ।

के आम जनताले अब सत्य बोल्न पनि नपाउने भए ?? बलात्कारिलाइ फाँसी दे भन्दा, भ्रष्टाचारिलाइ कारवाही गर भन्दा किन सरकार उल्टै गिरफ्तार गर्छ र जनताको मुख टाल्छ ?? के हो कारण ??

कम्युनिस्ट सरकार देशमा आएपछी झन झन अराजकता बढेको छ, बलत्कार बढेको छ अनि भ्रस्टाचार बढेको छ ।

मेडिकल शिक्षा र यो क्षत्र राम्रो बनाउ भनेर माग राख्दा गोबिन्द केसिलाइ झन्डै मारे ,

आज बलत्कारिलाइ फाँसी दे भन्दा गिरफ्तार , हिजो भ्रस्टाचारिलाइ कारवाही गर भन्दा गिरफ्तार ।

आखिर गर्न खोजेको के ??

राम्रो कुरा गर्नेजती सबै अब बहिस्कार, अनि हत्यारा र घुसिया लाई रिहा गर्दै आफ्नो मान्छेलाइ जताततै पुर्याउने अजेन्डा ओलि सरकारको निकै निन्दनिय छ ।

आखिर सरकार ले गर्न खोजेको के ??

हेल्लो सरकार ! म बिहान ७.३० मा कलेज पुग्छु। म घरमा सुत्छु।। यो मेरो श्रमले बनाएको घर हो। मेरो पैसाले किनेको जमिन हो। म यसको कर तिर्छु। मेरो छिमेकीले कोठा भाडामा लगाएका छ्न। उनी तेसको पनि कर तिर्छन।

मैले बिहान खाएको पाउरोटीको पनि म कर तिर्छु। मैले बांच्न पनि कर तिर्नु पर्छ।

म दैनिक करिब ८देखी १० घन्टा काम गर्छु। मेरो दिमाग र श्रम बापत म तलब पाउंछु। तर तेसमा पनि कर लाग्छ।

म गाडी किन्छु।।त्यसमा कर तिर्छु। प्रतेक बर्ष कर तिर्छु। म पेट्रोल किन्छु तेसमा पनि कर तिर्छु। म सडकमा गाडी कुदाउंछु, तेस्को पनि कर तिर्छु।

म सन्तानलाई पढाएबापत कर तिर्छु।

म बिरामी हुन्छु, डाक्टरलाई जचाउदा पनि कर तिर्छु। म औसधि किन्छु त्यसमा पनि कर तिर्छु। म आखाका लागि चस्मा किन्छु, त्यसमा पनि कर तिर्छु।

म जुत्ता किन्छु, त्यसमा पनि कर तिर्छु।

म सर्ट किन्छु, तेसमा पनि कर तिर्छु।

म कट्टु किन्छु त्यसमा पनि कर तिर्छु।

म बिजुलीको शुल्क तिर्छु, त्यसमा पनि कर तिर्छु।

म पानी पिउछु, त्यसमा पनि कर तिर्छु।

म जीवनका प्रत्येक पाइलामा कर तिर्छु। मलाइ हर्ट एट्याक हुन्छ, औषधि गर्छु। मृत्युबाट फर्किदा पनि कर तिर्छु। दुर्घटना हुन्छ। मेरो खुट्टा काटिन्छ, तर म सङ्ग कर पनि लिइन्छ। बम पड्किन्छ, म बल्ल बल्ल बांच्छु, म सङ्ग कर उठाइन्छ।

तर यो कर बाट के किन्छ सरकार?

१. मन्त्री र हाकिमलाइ महङ्गो गाडी किन्छ।

२. मन्त्री र हाकिमले चड्ने गाडीमा हाल्न तेल किन्छ।

३. मन्त्री र हाकिम बिदेश यात्रा गर्न भत्ता दिन्छ सरकार। गत साल १४०० हाकिम र मन्त्रीले बिदेश डुले मैले अस्पतालमा उपचार गर्दा तिरेको करले।

४. दलका कार्यकर्तालाई खर्च बाँड्छ।

५. बाटोमा एक इन्चको पिच गरेर ठेकेदारलाई पैसा दिन्छ। हाकिम र मन्त्रीले ३५% प्रतिशत घुस खान्छ्न।

६. देशको ब्यापार घाटा सात गुना बढी भएको छ। टोल टोलका फलफुल दुकानमा अस्ट्रेलियाबाट ल्याएका स्याउ छ्न। तर जुम्लाका स्याउ भैसीले खादैंछ्न।

७. गरिब ले सिटामल पांउदैन। सुकुम्बासीको घर छैन। थुप्रै महिला शरीर बेच्न बाध्य छ्न।

८. किन?

म यो देशको सन्तान हुँ। मेरो जिम्मेवारी छ यो देश जोगाउने। म नागरीक हुँ यो देशको, मेरो जवाफदेहिता छ देशको संरक्षण गर्ने। तर मलाई सासन गर्छ्न मेरा देशका नेता। मलाइ शोषण गर्छ्न मेरा नेता।

मैले भर्खर एउटा सन्तान जन्माएं।

उस्ले यो देशलाइ जोगाउन ज्यान पनि दिन्छ भविष्यमा। तर, उस्लाइ लिएर घर फर्किदा मैले उस्लाई जन्माए बापत कर तिंरे। अब उस्को नाम दर्ता गर्दा कर तिर्नु पर्छ। उसलाई स्कुल भर्ना गर्दा कर तिर्नु पर्छ। उस्को बिबाह दर्ता गर्दा कर तिर्नु पर्छ। उसको नागरिकता लिदां कर तिर्नु पर्छ।

कहिले सम्म म कर तिरिरहने अनि मन्त्री र हाकिम मेरो करबाट मस्ति गरि रहने?

म तपाइँलाई भोट हाल्न चाहन्छु, के मेरा यी प्रस्नको जवाफ तपाइँ सङ्ग छ?

के चुनाब मेरो श्रममा लगाएको करबाट बाजि खेल्न खेलमात्र हो? हरेक नागरिक सचेत हुन अवास्यक छ। सोध्नुहोस प्रस्न। लोकतन्त्रलाई आफ्नो हातमा लिने प्रयास गर्नुहोस। निरासा होइन चेतनाको खेती गरौं।

Comments