प्रहरी प्रमुख सर्वेन्द्र खनालले दिए ३ करोड नेपालीहरुलाई खुसीको खबर, सम्मान स्वरुप सेयर गरौं

प्रहरी प्रमुख सर्वेन्द्र खनालले दिए ३ करोड नेपालीहलाई खुसीको खबर, सम्मान स्वरुप सक्दो सेयर गरौं

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नवनिर्मित ब्यारेक र हिरासत कक्षको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “कानून विपरीत कुनै पनि कार्य गर्नु हुँदैन् ।”

प्रहरी महानिरीक्षक खनालले सबैले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिदैं महिला र बालबालिकाको विषयलाई गम्भीरतापूर्वक लिएर चाँडो न्याय दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।“इमान्दारी र निष्ठापूर्वक बदमाससँग भिड्नुपर्छ”, उहाँले भन्नुभयो, “मानवअधिकार संरक्षण गर्नेमा चुक्न हुँदैन ।”

प्रहरी महानिरीक्षक खनालले प्रहरीले इमान्दारीपूर्वक काम गरे समाजले विश्वास गर्ने बताउँदै नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।चितवनका प्रहरी जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कम जनशक्तिमा पनि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै नवनिर्मित ब्यारेक र हिरासतले काम गर्न र बसाइमा सहजीकरण हुने बताउनुभयो ।

प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले रु तीन करोड ९७ लाख ७५१ को लागतमा ब्यारेक र हिरासत निर्माण गरिएको जानकारी दिनुभयो । ब्यारेकमा १५ कोठा रहेका छन् । हिरासतमा ६ वटा कोठा छन् । २०७२ साल फागुन २८ गते सम्झौता गरी निर्माण थालिएको ब्यारेक भवन ११ हजार ३२१ वर्ग फिटमा रहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो ।

Comments