बर्खास्त होईन, एसपी बिष्ट र बम दिदिबहिनीलाई पक्राउ गरी कार्वाही गर्न डा बाबुराम भट्टराईको माग

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इन्सपेक्टर जगदीश भट्टको बर्खास्ती बारे असन्तुष्टि जनाएका छन् । भट्टराईले निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रत्यक्ष संलग्न भएको देखिने गरी मुद्दा ढाकछोप गर्न तथा प्रमाण नष्ट गर्न लागिपरेका विष्ट र भट्टलाई ‘भविष्यमा अयोग्य नठहरिने गरी’ बर्खास्त गरेर सरकारले पानीमाथिको ओभानो हुने प्रयत्न गरेको आरोप लगाएका छन् ।



 

Comments