बलिउडमा किङ खान भनेर चिनिने अभिनेता शाहरूखको जोडी बनेको २७ वर्ष पुगेको छ । सन् १९९१ मा शाहरूखले गौरी छिब्बरसँग विवाह गरेका थिए । गौरीका लागि शाहरूखको पागलपनको किस्सा अहिले पनि बलिउडमा चर्चा हुने गरेको छ ।सन १९८४ मा एक–अर्कासँग भेटेका शाहरूख र गौरी सात वर्ष रिलेसनमा रहे । त्यसपछि यो जोडीले तीनपटक विवाह गरेको थियो । पहिलोपटक अदालती विवाह गरेको यो जोडीले दोस्रोपटक हिन्दू संस्कारअनुसार र तेस्रोपटक इस्लामिक मान्यताअनुसार विवाह गरेको थियो ।

शाहरूखले विवाह गरेदेखि आजसम्म कहिल्यै गौरीलाई धार्मिक दबाबमा राखेनन् । शाहरूखको घरमा हिन्दू धर्म ग्रन्थ र कुरान एकसाथ राखिने गरिएको छ । यस अर्थमा यो जोडीलाई धार्मिक सहिष्णुताको अनुपम उदाहरणका रूपमा समेत लिने गरिन्छ ।नयाँ पत्रिकामा खबर छ । गौरी र शाहरूखका आर्यन, सुहाना र अबराम गरी तीन सन्तान छन् । उनीहरूका छोराछोरीले पनि दुवै धर्म मान्ने गरेका छन् ।शाहरूखले गौरीसँग विवाह गर्दा भने निकै समस्या झेल्नुपरेको थियो । पछिल्लो समय गौरी शाहरूखकी लाइफ पार्टनर मात्रै नभएर बिजनेस पार्टनर पनि बनेकी छिन् । उनीहरू मिलेर रेड चिल्लिज इन्टरटेनमेन्ट र कोलकाता नाइट राइडर्स सञ्चालन गरिरहेका छन् ।

Comments
Post a Comment