अहो कती राम्रो नेता ..'कुराले राष्ट्र बन्दैन काम गर्नुपर्छ’ आफ्नै भैंसी गोठबाट पुर्वगृहमन्त्री

https://youtu.be/UukB4vxAufw

‘म सँग समृद्ध रुकुम बनाउने भिजन छ, त्यो तयार पनि पारेको छु, मैले बनाएको त्यो मार्ग चित्र अपूरो पनि हुन सक्छ त्यसैले तपाइहरुका सल्लाह सुझाव संकलन गर्ने पनि अर्को उद्देश्य मेरो हो,’ माथिका उद्दत माननीय सांसद तथा पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले चुनावको दौरानमा भनेका अभिव्यक्ति हुन् ।

रुकुमको विकास थालि सकिएको र यसलाई मूर्त बनाउने आफ्नो प्रमुख ध्यय रहेको प्रभाकरको संकल्प छ ।

शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, विद्युतिकरण, सहरी तथा वस्ति विकास, कृषि, सञ्चार, उद्योग,स्थानीय सरकार, इगभरनेन्स, नगर बस, नगर प्रहरी, युवा, पर्यट तथा सस्कृति, ऐतिहासिक संरक्षित क्षेत्र निर्माण, वन तथा पर्यावरण लगायतका मुल शीर्षक सहितको घोषणा पत्रमा समग्र जिल्लाको विकास र समृद्धिको परिकल्पना गरेका छन् ।

प्राथमिक तहदेखि अंग्रजि विषयमा पढाई, गुणस्तरीय शिक्षाको लागि भौतिक पूर्वाधारमा सुधार, एक क्याम्पस, एक प्राविधिक शिक्षालय, हरेक स्थानीय तहबाट कृषि र इन्जिनियरिङमा छात्रवृत्ति प्रदान गर्ने घोषणा प्रभाकरको थियो जुन केहि हदसम्म पुरा भईसकेको छ, जसको पछिल्ल्नो उदाहरण आठबिस नगरपालिकाले देखाएको थियो ।

सबै स्थानीय तहमा २५ सैयाका अस्पताल र सबै स्थानीय तहमा एम्बुलेन्स सेवा र स्वास्थ्य बीमामा उनको जोड थिए आज रुकुमका प्राय नगरपालिका र गाउँपालिकामा त्यो वाचा पनि पुरा भएको छ केहि हुँदै छ ।

निर्माण भैसकेका सडकको स्तरोन्नती तथा ट्रयाक नखोलिएका ठाउमा ट्याक खोल्ने घोषण गरेका प्रभाकरले रुकुमका प्रत्येक वडामा सडक बनाईसकेका छन भने २ बर्ष भित्र महत्वपूर्ण ठाउमा मोटरेबल पुल बनाउने योजना उनले अघि सारेका छन् ।

५ बर्ष भित्र एक घर एक धारा निर्माण, ४ सय केभी को प्रशारण लाइन दाङको अमेलियबाट बाँफिकोट गाउपालिकासम्म जोड्ने र ३३ केभी प्रशारण लाइनलाई जिल्लाभर विस्तार गर्ने घोषणा पनि प्रभाकरको छन् ।

मुसीकोट र आठविसकोट सुविधायुक्त नमूना सर बनाउने, चौरजहारी सहरी योजनालाई विस्तृत गरी डिजाइन गरी कार्यान्वयन गर्ने योजना प्रभाकरको छ । झुल्नेटा, सिम्रुतु, सोलावाङ, छिन्खेत, झुल्खेत, पेदीबजार, सिम्ली, चाइनाबगर, नार्जी, खोलागाउ, नुवाकोटडाडा, छोटेबगर छिवाङ र पेउघा जिउलालाई व्यवस्थित व्यापारीक केन्द्र बनाई विस्तार गर्ने योजना पनि प्रभाकरको प्राथमिकतामा परेको छ ।

भूमी बाझो नराख्ने, ताजा तरकारी तथा बीउ उत्पादन, फलफूल, अन्नबाली र मसला बालीको पकेट क्षेत्र बनाउने र त्यसमा लागेकालाई प्रोत्सासहित गर्ने योजनामा पनि बनाइएको छ । आमा समुह तथा सहकारी गठन, स्थानीय उत्पादनको मूल्य निर्धारण गरी बजारीकरणको लागि हाटबजार, शितभण्डार र प्रशोधन केन्द्र निर्माण गरर्ने, कृषि तथा पशु बीमालाई पनि जोडतोडले गर्ने घोषण पत्रमा उल्लेख गरिएको छ ।

विशेष गरी रुकुमको भूभागलाई मध्यनजर गरेर लिफ्ट सिचाई र फोहरा सिचाईमा लगानि गर्ने र त्यसबाट डाडाकाडामा सिचाइ सुविधा पु¥याउने योजना घोषणा पत्रमा छ । सबै ठाउमा बर्ष दिन भित्र फोन सेवा जोड्ने, सबै स्थानीय तहमा ल्याण्डलाइन फोन अनिवार्य जडान गर्ने प्रतिबद्धता प्रभाकरले गरेका छ् ।

निःशुल्क इन्टरनेट सेवा, फ्री वाइफाइ जोन र सूचनमा सबैको पहुच विस्तार गर्ने परिक्लपना पुर्व गृहमन्त्री शर्माको चुनाबी प्रतिवद्दता पत्रमा उल्लेख छ ।

भेरी १, भेरी २, भेरी ३, भेरी ४ र जग्दुल्ला,जलिगाड उत्तरगंगा, नलसिंगाड मटेला–छेडा जलायसयूक्त जलविद्युत उत्पादनलाई उनले जोड दिएका छन् । विद्युतीकरणबाट जनताको जीवन स्तर उकास्न सकिने भन्दै उनले त्यसका लागि पनि नया पुरानोको सुधार नयामा जोड गरेको बताए ।

Comments