भारतीय चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’मा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालको चर्चा भएको छ ।सोमबार प्रशारित ‘कौन बनेगा करोडपति’को एपिसोडमा माधव नेपालसँग सम्बन्धित प्रश्न सोधिएको थियो । जुन प्रश्नको जवाफ मिलाएको खण्डमा प्रतिस्पर्धीले २५ लाख भारु जित्ने थिईन् । के थियो त प्रश्न ?
करोडपति
‘यी मध्ये एउटा यस्तो देशको नाम भन्नुहोस्, जुन देशकाे पूर्व प्रधानमन्त्रीको नाममा त्यो देशकाे नाम पनि छ ।’ १. भुटान २. पाकिस्तान ३. नेपाल ४. श्रीलंका
यो प्रश्नको सही जवाफ हुन्छ ‘नेपाल ।’ तर उनले प्रश्नको जवाफ दिन सकिनन् र गेम क्वीट गरिन् । ती महिला प्रतिस्पर्धीले १२ लाख ५० हजार भारु जित्दै गेम क्वीट गरेकी हुन् ।
महिला प्रतिस्पर्धीले जवाफ दिन नसकेपछि शोका होस्ट अमिताभ बच्चनले जसको सही उत्तर ‘नेपाल’ भएको जानकारी दिएका थिए । साथै अमिताभले पूर्व प्रधानमन्त्रीको नाम ‘माधवकुमार नेपाल’ भएको समेत बताए । नेपाल मे २००९ देखि फेब्रुअरी २०११ सम्म नेपालको प्रधानमन्त्री भएको जानकारी पनि अमिताभले कार्यक्रममा गराए ।

Comments
Post a Comment