आठ कडा रोगका लागि सरकारले घोषणा गरेको उपचार सहायता पाउनै मुस्किल, सहायता लिन विरामी र रोगीलाई सास्ती
सरकारले घोषणा गरिदिन्छ बस उस्को दायित्व पूरा भयो । तर उस्ले घोषणा गरेको वर्ग भित्र परेका जनता सहयोग पाउन बर्षौ छट्पटिनु पर्ने अवस्था छ । यस्तै भएको छ आठ कडा रोगका लागि सरकारले घोषणा गरेको उपचार सहायतामा । सहायता पाउनका लागि रोगीले म्याराथन दौडिए भन्दा बढी पसिना काड्नु पर्छ ।
सरकारले आठ कडा रोगको उपचारको लागि १ अर्ब छुट्याएर आर्थिक साहायता दिंदै आएको छ तर सर्बसाधारणले भने सरकारको उपचार सहायता भन्दा बढी सास्ती भोग्नु परेको गुनासो गरेका छन् । सहायता लिन वडा देखि जिल्ला जनस्वास्थ्य र मन्त्रालयसम्मको चक्कर लगाउदै पर्ने सास्तीको म्याराथन नै दौडनु पर्छ ।
आर्थिक अभावले उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भनेरै सरकारले विपन्न नागरिकका लागि ८ वटा रोगमा औषधि उपचारका लागि सहायता उपलब्ध गराउँदै आएको छ मृगौला रोग ,मुटुरोग ,क्यान्सर ,स्पाइनल इन्जुरी,हेड इन्जुरी ,सिकलसेल एनिमिया ,अल्जाइमर्स र पार्किन्सन्स रोगका बिरामीलाइ सरकारले उपचारमा आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ । मोरङका धनप्रसाद चौलागाईका छोरा ८ बर्षदेखि मृगौला फेल भएर उपचार गराइरहेका छन् तर प्रत्यारोपणको लागि सरकारी निकाय धाउदा धाउदा उनको रोग थप जटिल बन्दै गएको छ ।
सप्तरीका अरुण कुमार उपाध्यायको पनि आफ्नी श्रीमतीको मृगौला फेल भएर प्रत्यारोपण गराइसकेका छन् । उपचारमा १२ लाख रुपैयाँ रित्याइसकेका उनले मृगौला रोगीले सेवन गर्ने औषधिमा सरकारको सहयोग पाए राहत मिल्ने आशामा छन् ।
सरकारले गम्भीर रोगका उपचारमा दिएको आर्थिक सहायतालाइ सहज र ब्यबस्थित गर्न आवश्यक रहेको सर्बसाधारणको अनुरोध छ ।
सरकारले अघिल्लो वर्षमात्र ३३ हजार ४ सय ८८ जना कडा रोगका बिरामीको लागि १ अर्ब २ करोड २५ लाख ८४ हजार ८ सय ८४ रुपैयाँ खर्च गरेको स्वाथ्य सेवा विभागको पछिल्लो रिपोर्टमा उल्लेख छ ।
कडा प्रकारका ८ रोगका विरामीको संख्या वृद्धि हुदैँ गएपछि सरकारललाई उपचारका लागि दिने अनुदान बजेटको दायित्वसमेत वृद्धि हुदैँ गएको छ । हरेक बर्ष १ अर्ब रुपैया बजेट छुट्याएर उपचार सहायता दिंदै आएको सरकारले यसलाई ब्यबस्थित गर्न नसक्दा सर्बसाधारणले सहायता भन्दा बढी सास्ती पाएका छन् ।
Comments
Post a Comment