काकरभिट्टा । मेचीनगरको काकारभिट्टा दक्षिण सतिघट्टा मार्गको चिया बगानमा आज बिहानै १४ बर्षिया वालिकामाथी दुर्ब्यवहार भएको छ ।
स्थानीय लोफोफोरस अँग्रेजी माध्यामिक बिद्यालयमा अध्ययनरत वालिका कोचिङ कक्षाका लागि बिद्यालय आउँदै गर्दा आज बिहान ७ बजे बगानको बिचमा दुर्ब्यवहार भएको बिद्यालयका प्रिन्सिपल सागर गुरूङले जानकारी दिनु भयो ।
बिहान ७:१५ बजेदेखी शुरु हुने कोचीङ कक्षाका लागि आउँदै गर्दा बगानको बिचमा आईपुगे पछि एक्कासी तीन जना केटाहरुले साईकल रोकेर स्कुल ब्याग समेत फालेर जबरजस्ती बगान भित्र लागे पछि वालिका चिच्याएर कराए पछि केटाहरु भागेको वालिकाले आफुसंग भनेको प्रिन्सिपल गुुरूङले बताउनु भयो ।
कोचीङ कक्षामा पुग्दा एक जना वालिका रोईरहेको अवस्थामा शिक्षकले देखे पछि सोधीखोजी गर्दा घट्नाका बारेमा वालिकाले बिद्यालय परिवारलाई जानकारी गराएको प्रिन्सिपल गुुरूङले बताउनु भयो । घट्ना थाहा पाए लगत्तै वालिकालाई लिएर ईलाका प्रहरी कार्यालय काकरभिट्टामा पुगेर प्रहरीलाई घट्नाका बारेमा जानकारी गराएको प्रिन्सिपल गुरूङले सुनाउनु भयो ।
वालिकाले बिद्यालयमा दिएको जानकारी अनुसार करीब २३/२४ बर्ष उमेरका ३ जना युवा मध्ये अगाडीबाट समात्ने एक जनाले कालो जिन्सको पेन्ट लगाएको, कपाल लामो र जुँगा भएको थियो । टिसर्ट खोलेर हातमा बोकेको अवस्था थियो भने गाँजा जस्तै अनौठो पदार्थ खाएको जस्तो गन्ध आईरहेको थियो । दुई जनाले पछाडीबाट समातेको हुनाले उनीहरुलाई आफुले नदेखेकोे बालिकाले बताएकी प्रिन्सिपल गुुरूङले जानकारी दिनु भयो ।
संधैजसो ४/५ जनाको समुहमा हिड्ने गरेको भए पनि आज साथीहरु भन्दा ढिलो भएकाले ती वालिका एक्लै बिद्यालय आउँदै गर्दा यस्तो घट्ना भएको प्रिन्सिपलले बताउनु भयो । प्रिन्सिपल गुुरूङका अनुसार केही दिन अघि समेत पनि एकजना केटाले आफ्नो हात समाएको वालिकाले आजको घट्ना पछि बताएकी थिईन ।
घट्नाको बारेमा जानकारी हुने बित्तिकै सतिघट्टा रोडको बगान र आसपासको क्षेत्रमा ती केटाहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको काकरभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले बताउनु भयो ।

Comments
Post a Comment