कुनैबेला पत्रिका बेच्ने काम गरेका शेष घले कसरी भए अष्ट्रेलियाका ८१ औं धनी व्यक्ति

अष्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका नेपाली जोडी शेष घले र जमुना घले यस वर्ष अष्ट्रेलियाको ८१ औं धनीको सूचीमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले दम्पति यो वर्ष २० स्थान माथि उक्लिएका हुन् ।

अष्ट्रेलियाको फाइनान्सीयल रिभियूले हरेक वर्ष सार्वजनिक गर्ने धनीको सूची अनुसार उनीहरुको कुल सम्पति ८ सय ७६ मिलियन डलर पुगेको छ । रिभियूका अनुसार उनीहरुको सम्पति गतवर्षको भन्दा ३५ दशमलव ४ प्रतिशतले बढेको हो ।

प्रवासी नेपालीहरुको संगठन एनआरएनका अध्यक्ष रहिसकेका उनको मेल्बर्नमा मेल्बर्न इन्स्टिचुट अफ टेक्नोलोजी नामक शैक्षिक संस्था छ भने घरजग्गा लगयतका व्यवसायमा समेत उनिहरु सकृया छन् ।

बिहीबार साँझ सार्वजनिक भएको सूचीमा एन्थोनी प्राट पहिलो नम्बरमा छन् ।

नेपालको विकट जिल्ला लमजुङ्गमा २०१४ सालमा जन्मिएका घले पढ्नलाई अष्ट्रेलिया गएपछि खर्च जुटाउन पत्रिका बेच्ने, घर-घरमा पुर्याउने र रेष्टुरेन्ट सफा गर्नेदेखि लिएर भाँडा माझ्ने समेत काम गर्थे।

एक अन्तरवार्तामा घलेले भनेका थिए-‘इमान्दारिता र कडा मिहिनेतले मलाई सफल बनायो।’

घलेले झण्डै चार वर्षसम्म एनआरएनको नेतृत्व सम्हालेका थिए । ०७२ को महाभूकम्पपछि उनीहरुले राहत वितरण र वस्ती निर्माणको जोखिमपूर्ण कामको नेतृत्व गरेका थिए ।

Comments