थाइराइडले सताएको छ, नि:शुल्क जाँच गर्नुहाेस्

ललितपुर जावलाखेलस्थित काठमाडौं डाइविटिज एण्ड थाइराइड सेन्टरले विश्व थाइराइड दिवसमा अबसर पारेर निशुल्क जाँच गर्ने भएको छ।

अल्का अस्पतालमा  थाइराइड रोग  सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना लागिएको काठमाडौं डाइविटिज एण्ड थाइराइड सेन्टरले जनाएको छ।

स्वास्थ्य शिविर कार्यक्रममा थाइराइड रोग सम्वन्धी निःशुल्क औषधि वितरण र टि.एफ.टी परीक्षण गरिने सेन्टरका निर्देशक डा.अंशुमाली जोशीले वताउनु भयो ।

शिविर शुक्रवार विहान ९ वजेसुरु भएर ४ वजे सकिने छ।

Comments