ओलीले उपचारका नाममा लिएको रकम दक्षिण एसियामै सबैभन्दा बढी,उपचार खर्चले ५८९ जना भूकम्प पीडितको घर बन्न सक्ने

केपीले उपचारमा अहिलेसम्म सरकारी ढुकुटीबाट कति लिए?

प्रधानमन्त्री हुनुअघी केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने देखिएको छ । ओलीले पटक पटक गरि १७ करोड ६६ लाख ६७ हजार चार सय २ रुपैयाँ सरकारी ढुकुटीबाट लिएका रहेछन।

ओलीले सरकारबाट २०५४ असार १५ गते २० लाख २५ हजार, २०५९ माघ २७ गते १३ लाख ५८ हजार ५ सय लिएका छन्। त्यसैगगरी २०६४ साउन ६ गते २७ लाख १२ हजार १ सय, २०६८ भदौ १३ गते ३५ लाख ७३ हजार, २०७१ कार्तिक १७ गते ९ करोड २२ लाख १३ हजार लिएका छन्।

२०७१ चैत ५ गते ३७ लाख ७३ हजार, २०७२ कार्तिक ९ गते २ करोड १२ लाख ३ सय र २०७२ फागुन ३ गते ४ करोड ९८ लाख १३ हजार २ रुपैयाँ गरी जम्मा १७ करोड ६६ लाख सतसठ्ठी हजार चार सय २ रुपैयाँ सरकारी कोषबाट लिएको सार्वजनिक भएको छ।

ओलीले लिएको उपचार खर्च दक्षिण एशियामै बढी

केपी ओलीले उपचारका नाममा लिएको यो रकम दक्षिण एसियामै सबैभन्दा बढी भएको बताइएको छ। तर एउटा रोगी नेता पाल्दा यसले राज्यको विकास र प्रगतिमै नकारात्मक प्रभाव पारेको कुरा नेपाली जनताले मानवियताका आधारमा पनि उठाएनन। कसैले उठाएको थियो भने पनि त्यसलाई खासै महत्व दिइएन।ओलीले लिएको उपचार खर्चले ५८९ जना भूकम्प पीडितको घर बन्न सक्ने चर्चा भएपनि उनको उपचार हुँदा पनि जनता खुसी थिए। उनले लिएको उपचार खर्च लगभग कुनै गाउँपालिकाको वजेट आकारको छ भनेर पनि कसैले कुरा उठाएन।

ओलीले लिएको उपचार खर्चबाट १ किमी सडकका लागि ५ लाख लाग्दा पनि ३ सय ५४ किलोमिटर पक्की मोटरबाटो, १ पोललाई १० हजार लाग्दा १७ हजार ६६७ बिजुलीका पोल, एउटा भवनको १२ लाख लाग्दा १४८ विद्यालय भवन, एउटा फार्मका लागि २० लाख लाग्दा ८९ वटा आधुनिक कृषि फार्म, प्रतिघर ३ लाख लाग्दा ५८९ जना भूकम्प पीडितका लागि नयाँ घर बन्र सक्ने भएपनि त्यसको चिन्ता नगरि ओलीको उपचरको चिन्ता नेपाली नागरिकले गरेकै थिए।

ओलीको जसरी नै राज्यले व्यक्तिलाई पैसा बाँड्ने हो भने १० वर्षमा देश कंगाल हुने चिन्ता व्यक्त भएपनि देशले ओलीलाई बचाउन चाह्यो। जनताले मौन स्विकृती जनाए। तर आज आफू स्वस्थ भएपछि उनै ओली आफूलाई ठीक होस भन्ने कामना गर्ने जनताबीचबाटै कोहि गम्भिर विरामी भएर उपचार गर्न जाँदा सरकारले उपलव्ध गराएको रकमले देशको हालत विग्रिएको कुरा उठाइरहेका छन्। देशले सधैं रोगी नेता चाहि पाल्नुपर्ने अनि तिनै नेताको खराव राज्यसंचालनका कारण विरामी भएका जनताले चाहि बाँच्नु नपर्ने वा मरेपनि हुने भन्ने खालका अभिव्यक्ति किन प्रधानमन्त्रीज्यू ?

Comments