पोखरा प्रीमियर लिग आइसिसिबाट मान्यता प्राप्त

आगामी कार्तिक ९ गते देखि पोखरामा आयोजना हुने
पोखरा प्रीमियर लीग (पिपिएल) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट मान्यता प्राप्त भएको छ।

सोमबार पीपीएल आयोजक क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले प्रेस बिज्ञप्ति जारि गर्दै प्रतियोगितालाई आईसीसीले मान्यता दिएको बताएका हुन्। मान्यता बापत आइसीसीलाई लिग आयोजकले २० हजार डलर बुझाउनु पर्ने छ ।

धनगढी प्रीमियर लिग र एभरेस्ट प्रीमियर लिग सङ्गै पोखरा प्रीमियर लिग आइसिसी बाट मान्यता प्राप्त गर्ने नेपालको तेस्रो घरेलु प्रतियोगिता भएको छ ।

यो मान्यता सङ्गै अब पीपीएलमा बिदेशी खेलाडीहरु खेलाउने बाटो समेत खुलेको छ । आईसीसीको मान्यता बिना बिदेशी टिमहरुले आफ्नो खेलाडी पठाउदैनन् ।

पोखरा प्रिमियर लिगमा ६ वटा टिम सहभागी हुने छन् ।

टीमको नाम र मार्की खेलाडीहरु:

१) बुटवल बलास्टर – सोमपाल कामी

२) पोखरा पल्टन – शरद भेसावकर

३) एक्सपर्ट धनगढी ब्लुज – दीपेन्द्र ऎरी

४) चितवन राइनोज – पारस खड्का

५) विराटनगर टाइटन्स – सन्दिप लामिछाने

*

६) हुलास काठमाडौ रोयल्स – ज्ञानेन्द्र मल्ल


Comments