निरंकुशताको बिरुद्दमा लडिरहेका जो प्रधानमन्त्री उनि बिरामी पर्दाखेरी मरिहालोस्, श्रद्धाञ्जली भन्दै लेख्नेहरुले पाउने भए अब यस्तो सम्मको सजाए, हेर्नुहोस् कसले के भने ? (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौ । निरंकुशतन्त्रमा शासकको पक्षमा बोल्नपनि अठार पटक सोचेर मात्र वाक्य फुट्थ्यो । बिरुद्धमा त बोल्ने ओठहरु हातका आधा औँलालेपनि गन्न पुग्दैन थियो । यही देश हो राणा, राजा वा त्या भन्दा अघिका शासकलाई सुझाव दिँदा समेत पासोको शूलीमा चढ्नु परेको थियो । तर एक दशकमा नै लोकतन्त्रको आवरणमा नागरिक यति मानवीय संवेदनहीन, छाडा बन्छन् भन्ने कल्पना समेत गर्न सकिन्नथ्यो । यहाँ प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पतालको शैयामा उपचार गराईरहँदा समाजिक सञ्जालमा जे देखिएको छ निक्कै चित्त दुख्दो ।

उदेक र बिरक्त लाग्दो छ । के नागरिक यति हदसम्मका छाडा हुन्छन् ? के यो छाडापन लोकतन्त्रले नै दिएको हो ? बग्रेल्ती प्रश्नहरु आँउछन् । पछिल्लो समयका डिजिटल मिडियाका हेडलाईनहरुपनि उस्तै छन् । सिधा रुपमा प्रधानमन्त्री ओली बिरामी भनेर समाचार लेखिएको खबरमा समेत तल कमेण्टमा मरे त हुन्थ्यो ! मरिहालोस् !! रिप !!! श्रद्धाञ्जली !!!! जस्ता कमेण्ट देखिन्छन् । के यिनीहरु कुनै दायीव निर्वाह गर्नु नपर्ने डर र भर हराएका नागरिक हुन् । उनीहरुलाई राज्यमा यो हदको छाडापन छ ? यो प्रश्न अधिकांशमा उब्जिन थालेको छ । राज्यका निकायले नदेखेकोपनि हैन ।

स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले समेत डिजिटल मिडिया र समाजिक सञ्जालमा जे आइरहेको छ त्यो देखेको छु भन्दै चित्त दुखाउनुभएको छ । उहाँले भ्रामक प्रचार गरिरहेको प्रति अरु सचेत नागरिक बिचलित नहुन सन्देश नै जारी गर्नुभएको छ । यस्तो अवस्था आउँदा कुन चै नेपालीको मन दुख्दैन होला । विदेशी नागरिकहरुले हामी नेपालीलाई के भनिरहेका होलान् । प्रधान शत्रुलाई नै दुख बिराम पर्दा सहानुभूती दिने, साथ सहयोग गर्ने हामी नेपालीको त्यो संस्कारमा किन खडेरी पर्दै होला । यस्ता गैर जिम्मेवार, छाडा नागरिकलाई साँध्नका लागि राज्यले के गर्नुपर्ला ।

अहिले नै नसोच्ने हो भने सेकेण्ड, मिनेट, घण्टा हुँदै ढिला हुँनेछ । गैर जिम्मेवार र छाडा स्वभावका नागरिक परिवर्तन नगर्ने हो भने सुखी नेपाली संबृद्ध नेपालको सपना पुरा हुँन सक्दैन प्रधानमन्त्री ज्यू । राज्यमा नागरिकले आफ्नो, दायीत्व, कर्तव्य, अधिकार, संस्कार र मानवीयता भुल्यो भने ठूलो दुर्घटना हुन सक्छ । त्यस्ता नागरिक सच्याउँन चाहे निक्कै कडा कदम चाल्नु किन नपरोस् । कुनै मुल्य चुकाउनु किन नपरोस् । आँट नगर्ने हो भने देश दुर्घटनाको शिकार बन्छ । यो घटनाले चाँडै सिकाई मिलोस् । प्रधानमन्त्री केपी शर्मा ओली ज्यू को सिघ्र स्वास्थ्य लाभको कामना ।

यहाँ स्क्रिनबाट कपि गरिएका यी त उदाहरण मात्र हुन् । जिम्मेवार निकायले सर्च गरेर हेर्ने हो भने यस्ता कमेण्ट र पोष्ट हज्जारौँ छन् ।

Comments