यी नै हुन् मलेसियामा नि:शुल्क कामदार पठाउने सम्झौता बदर नगरे जे पनि हुन्छ भन्दै मन्त्रीलाई धम्की दिने व्यवसायीहरु

काठमाडौँ । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरोकारवाला संस्थाहरुसंग कुनै छलफल नगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सस्तो लोकप्रियताका लागि मलेसिया सरकारसंग श्रम सम्झौता गरिएको आरोप लगाएका छन ।

मंगलबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले २०७२ साल जेठमा तत्कालिन श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले पनि कार्यन्वयननै हुन नसक्ने फ्रि भिजा र फ्रि टिकटको व्यवस्था गरेर सस्तो लोकप्रियता खोजे जस्तै वर्तमान मन्त्रीबाट पनि त्यस्तै भएको हुन सक्ने आशंका ब्यक्त गरे । त्यस्तै उनले पहिला मलेसियासंगको श्रम सम्झौता के कति कारणले रद्ध गरिएको हो त्यसको पनि सरकारले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताए ।
बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ ।

मलेसिया सरकारसंगको सम्झौताको पूर्ण पाठ सरोकारवालालाई नदिई प्रेस बक्तव्यबाट मात्रै सार्वजनिक गरिनुले कतै वाहिर आएभन्दा फरक सम्झौता त भएको छैन भन्ने समेत उनले शंका ब्यक्त गरे । सोही कार्यक्रममा बोल्दै काँगे्रस निकट व्यवसायी भनेर चिनिने बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष विमल ढकालले मन्त्री विष्टले बदनियतपूर्ण तरिकाले सस्तो लोकप्रियताको लागि गरेको श्रम सम्झौतालाई सबै व्यवसायीहरुले कुनै वाद वा विचार भन्दा माथि उठेर विरोध गर्नुपर्ने धारण व्यक्त गरे ।

मंगलबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले २०७२ साल जेठमा तत्कालिन श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले पनि कार्यन्वयननै हुन नसक्ने फ्रि भिजा र फ्रि टिकटको व्यवस्था गरेर सस्तो लोकप्रियता खोजे जस्तै वर्तमान मन्त्रीबाट पनि त्यस्तै भएको हुन सक्ने आशंका ब्यक्त गरे । त्यस्तै उनले पहिला मलेसियासंगको श्रम सम्झौता के कति कारणले रद्ध गरिएको हो त्यसको पनि सरकारले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताए ।

त्यस्तै, सोही कार्यक्रममा सत्तारुढ नेकपा निकट प्रगतिशिल बैदेशिक रोजगार मन्त्रका अध्यक्ष चित्र गुप्ता सावाले सरकारले गरेको श्रम सम्झौताको बारेमा तत्काल समर्थन या विरोध भन्दा पनि आफूहरु अध्ययनकै क्रममा रहेको र वाहिर मिडियामा आए जस्तै सम्झौता हो भने मन्त्री विष्टको लोकप्रिय हुने होड भन्दा बढि यो सम्झौता केही नभएको जिकिर गरे ।

Comments