हराएको मोबाइल कहाँ छ भन्ने यसरी एक मिनेटमै आफैँ पत्ता लगाउनुहोस् (तरिकासहित)मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि थोरैबेर मात्रै आँखाबाट टाढा भयो भने पनि ठूलै समस्या झेल्नुपर्छ । मोबाइल कतिपय समयमा राखेको ठाउँ भूल्न सकिन्छ भने कतिपय समयमा हराउन पनि सक्छ ।
Android यदि तपाईंको मोबाइल फोन हरायो भने त्यो अहिले कहाँ छ भन्ने तुरुन्तै आफैँ पत्ता लगाउन सकिन्छ । त्यतिमात्रै कहाँ हो र तपाईंले त्यसलाई लक गरिदिन र त्यहाँ भएका डाटाहरु मेटाउन पनि सक्नुहुन्छ । तरिका निकै सजिलो छ । यस्तो सुविधा तपाईंलाई गुगलले दिएको छ । यसरी गर्नुस्:
– सबैभन्दा अघि गुगलको होम पेज खोल्नुहोस् । त्यहाँ जिमेल आईडी लगइन गर्नुहोस्, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी होस् । – त्यसपछि गुगल सर्च बक्समा गएर ‘Where’s my phone?’ सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ ।
– यस म्यापमा केही सेकेण्डमा नै आफ्नो मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ । यदि तपाईंको आसपासमा नजिकै भए त्यसमा फूल भोल्यूममा रिङ बजाउने तथा धेरै टाढा रहेको भए त्यसलाई लक गरिदिने वा त्यसमा भएका सामग्रीहरु मेट्ने अप्सन पनि प्राप्त हुन्छ (परीक्षणका लागि हामीले कंलकीमा रहेको आफ्नै मोबाइलको लोकेसन ट्र्याक गरेका थियौं । त्यसबाट प्राप्त रिजल्ट तपाईं चित्रमा हेर्न सक्नुहुन्छ ।)
Mobile Location यद्यपी आईफोन युजरले भने यो ट्रिकबाट फाइदा लिन सक्दैनन् । तपाईंको फोन अनिवार्य एण्ड्रोइड हुनु जरुरी छ । iPhone का प्रयोगकर्ताले iCloud को मद्दतमा हराएको डिभाइस खोज्न सक्दछन्

Comments
Post a Comment