पिपिएल : गौरव तोमरको आक्रामक ब्याटिङको मद्दतले धनगढी माथी काठमाडौ बिजयि



पोखरा प्रिमियर लिग(पीपीएल) प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा हुलास काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १७ रनले पराजित गरेको छ ।

१ सय ८१ रनको बिजयी लक्ष्य पछ्याएको धनगढीले निर्धारित २० अोभरमा ८ विकेट गुमाएर मात्र १ सय ६३ रन बनाउन सक्यो र खेलमा १७ रनले पराजित ब्यहोर्यो । धनगढीका लागि कप्तान दीपेन्द्रसिंह एेरीले ५४ रनको अर्धशतकीय पारी खेलेपनि टोलिलाइ जित दिलाउन सकेनन्। ४२ बल खेलेका ऎरिले ३ चौका र ३ छक्का प्रहार गरेका थिए। यस्तै आक्रामक ब्याटिङ गरेका सन्दिप जोराले ११ बलमा ३ छ्क्का र १ चौका सहित २७ रन बनाएर आउट भए ।

यसअघि पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले विदेशी खेलाडी गौरव तोमरको उत्कृष्ट प्रदर्शनको मद्द्तमा निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १ सय ८० रन बनाएको थियो।

तोमरले ४४ बलमा ९५ रनको आर्कामक पारी खेले। उनले १० छक्का र ४ चौका प्रहार गरे। तोमरले तेस्रो विकेटका लागि नरेश बुढाऐरसँग ९६ रनको साझेदारी गरेका थिए। नरेशले २४ बलमा ३६ रनमा नटआउट रहे। उनले २ छक्का र २ चौका प्रहार गरे। यस्तै टोलीका लागि जयकिशन कोल्सावालाले २५ रनको योगदान गरे ।

धनगढीकालागि दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र पिटर डेबिड ट्रिगोले समान १–१ विकेट लिए।

Comments