फेरियो कानुन – अब श्रीमतीले सम्बन्ध बिच्छेद गर्न चाहेमा आधा अंश नपाउने – बिस्तृत हेर्नुहोस

पति र पत्नीबीच पत्नीका कारण सम्बन्धविच्छेद भए अंश दाबी गर्न नमिल्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । पत्नीले आफ्नै इच्छाले सम्बन्ध विच्छेदको निवेदन अदालतमा दर्ता गर्दा पतिका कारण सम्बन्ध विच्छेद गर्ने अवस्था आएको प्रमाण नपुगे अंश दाबी गर्न नमिल्ने व्यवस्था प्रस्तावित भएको हो ।संसद्को विधान समितिमा विचाराधीन मुलुकी ऐन प्रतिस्थापन विधेयकको देवानी संहितामा यस्तो प्रावधान राखिएको छ । विधेयक माथिको छलफल सकेर सांसद राधेश्याम अधिकारी संयोजक रहेको उपसमितिले समिति सभापति गङ्गा चौधरी समक्ष मंगलबार प्रतिवेदन बुझाएको छ ।संयोजक अधिकारीले संहितामा मुलुकी ऐनका ६० प्रतिशत प्रावधान, सर्वोच्चले प्रतिपादन गरेका नवीनतम नजिर र केही अन्तर्राष्ट्रिय अभ्यास समेत समेटेर उपसमितिले प्रतिवेदन तयार पारेको बताए ।अधिकारीले सम्पत्तिमा इच्छापत्र, गैरआवसीय नेपालीको अचल सम्पत्ति हस्तान्तरण सम्बन्धी व्यवस्था र विवाह तथा अंश बण्डामा नवीनतम पक्षहरू समेटिएको बताएका छन् ।उपसमितिको प्रतिवेदन अनुसार सम्वन्धविच्छेद गर्न पुरुषका लागि मुलुकी ऐनको प्रचलित व्यवस्थामा परिमार्जन भएको छ ।

अहिले पुरुषले सम्बन्ध विच्छेदका लागि गाविसबाट प्रक्रिया सुरु गर्नुपर्नेमा प्रस्तावित व्यवस्थामा जिल्ला अदालतबाट प्रक्रिया सुरु गर्न सक्नेछन् । महिलाको हकमा भने अहिले पनि अदालतबाटै प्रक्रिया सुरु हुन्छ ।यस्तै सम्बन्धविच्छेदमा पतिपत्नी दुवैले चाहेको अवस्थामा तत्काल प्रक्रिया सुरु हुनेछ । दुईमध्ये एकको मात्र इच्छा भएमा सहमतिका लागि एक वर्ष अदालतले ‘कुलिङ पिरियड’को समय दिनेछ ।एक वर्षसम्म पनि मिल्न नसकेको अवस्थामा भने अदालतले सम्वन्धविच्छेद गराइदिनुपर्नेछ । उपसमितिले मूल विधेयकको दफा ९८ मा प्रतिबन्धात्मक वाक्यांश थप गरी त्यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।

सम्बन्ध विच्छेद समाधान होइन: विन्दु अधिकारी ढकाल
वैवाहिक जीवनको असफलताको अन्तिम बिन्दु भनेकै सम्बन्ध विच्छेद हो । हिजोआज नेपाली समाजमा सम्बन्ध विच्छेदका घटना अधिक हुने गरेका समाचार सार्वजनिक भइरहेका छन् ।एकाघरमा पति पत्नीबीच खटपटी भएर सँगै बसोबास हुन नसक्दाको अवस्थामा यो अप्रिय निर्णय हुनेगर्छ । यतिवेला नेपाली समाजमा सम्बन्ध विच्छेदका धेरै घटना सहरी क्षेत्रमा देखिन्छन् ।बाल विवाह, बहुविवाह, अनमेल विवाह÷अन्तरजातीय विवाह, प्रेम विवाह, असमझदारी, अपहेलना, गरिबी सम्पत्ति, रोग, निःसन्तान एवं शङ्कालु भावनालगायत विविध कारणले दाम्पत्य सम्बन्धमा चिसोपना ल्याउ“छ ।हाम्रो समाज पुरुष प्रधान समाज हो । यहा“को धार्मिक परम्परा र संस्कारबमोजिम महिलाले जहिल्यै पनि दोस्रो दर्जाको नागरिक भएर बा“च्नुपर्ने बाध्यता छ । महिलाले आफू महिला भएर जन्मिएकै कारण विभिन्न शारीरिक, मानसिक, सामाजिक विभेद खेपिरहेका छन् ।

बौद्धिक शोषण, दमन, यातना र दुव्र्यवहारमा पनि महिला नै पर्ने गरेका छन् । पछिल्लो समय बालिका तथा महिला आफ्ना नातेदार पुरुषबाट बलात्कृत हुने गरेका समेत घटना सार्वजनिक भइरहेका छन् । ज्यादतिपूर्ण त्यस्ता घटनाका खबरले अखबारका पाना भरिएका हुन्छन् ।बालिका तथा महिलामाथि हुने गरेका दर्दनाक यी घटनास“ग जोडिएका सबैखाले अनैतिक कार्य नै महिलाविरुद्धका हिंसा हुन् । यस्ता हिंसाजन्य अवस्थाले नै बाध्य भएर महिला आवाज बुलन्द गर्न अघि सर्छन् ।फलस्वरूप न्याय प्राप्तिको उत्कट चाहनाले न्यायालयको ढोका घच्घच्याउन बाध्य हुनुपरेको छ । परम्परागत समाजमा पुरुषलाई बहुविवाह गर्न छुट थियो ।त्यसमा महिलाले कुनै प्रतिकार गर्दैनथे । लोग्नेले आफूप्रति जस्तो व्यवहार गरे पनि निरीह भएर बा“च्थे तर अहिले कानुन बनेको छ । संस्कार पनि बदलिएको छ । एक महिला एक पुरुषको परम्परा बसेको छ ।

घरपरिवार सञ्चालन गर्न श्रीमान् श्रीमतीबीचको समझदारपूर्ण भूमिका नै सर्वाधिक महŒवको हुन्छ । घरको सानोभन्दा सानो कामदेखि व्यावहारिक जीवनमा आइपर्ने हरेक पक्षमा आपसी समझदारी भयो भने सा“च्चै त्यो घर मन्दिरझैँ सुन्दर बन्न पुग्छ । पारिवारिक मेलमिलाप, छोराछोरीको स्याहार सुसार, शिक्षादीक्षा, लेनदेनमा सत्यतथ्य विवरण असल दाम्पत्य जीवनको दर्बिलो खम्बा बन्न सक्छ ।दैनिकीस“ग जोडिएका कतिपय घरायसी व्यवहारमा आपसी समझदारी र आपसी छलफल हुनै पर्छ । त्यसको अलवा एकल निणर्य भयो भने सम्बन्धमा खटपट सुरु हुन्छ । सल्लाह र समझदारी भएको कुरा पनि कहिलेकाहीँ बिग्रन सक्छ । त्यस बेला दुवैले संयम अपनाउनुपर्छ ।परिवारको भलो त आखिर दुवैले चिताएको हुन्छ । कुनै कुरा बिग्रियो भन्दैमा कर्कश शब्दमा एकले अर्कोमाथि दोष थोपरिरहने गर्नु हुँदैन । पारिवारिक जिम्मेवारी समानरूपमा महसुस गर्ने र दायित्व पूरा गर्ने गर्नुपर्छ ।
वैवाहिक जीवनमा तनाव पारिवारिक हस्तक्षेप पनि एक हो । दम्पतीबाट जन्मने सन्तान छोरा वा छोरी के जन्मनु पर्छ ? छोर कति ? छोरी कति ? वा छोराछोरी दुवै बराबरी । वा वंश धान्न छोरा नैचाहिने ? बर्सेनि छोरी जन्माउँदै छोराको बाटो हेर्ने वा भ्रुण हत्या गर्ने ? वा दोस्रो विवाह पारिवारिक किचलो÷झमेलामा फस्ने ? यी परिवारका कुरामा श्रीमान् श्रीमतीको आपसी भूमिका कस्तो हुनुपर्छ ? यसको निक्र्योल दुवैले समझदारीपूर्वक गर्नुपर्छ ।
महिला आमा हुन्, पृथ्वी हुन् र धर्ती हुन् ।

परिवारको खुसीका निमित्त आफ्नो शरीरलाई दाउमा राखेर बच्चा जन्माइरहने निर्णय गर्ने वा लोग्नेको दोस्रो बिहे भएको टुलुटुलु हेर्ने ? वा सम्पत्ति अंशबण्ड छुट्टिएर आफू अलग बस्ने ? खटपट सुरु हुन्छ श्रीमान् श्रीमती बीचमा । त्यसबेला स्वयं श्रीमान्ले आफ्ना बाउआमा वा परिवारस“ग खुलेर आफ्नो धारणा राख्नुपर्ने हुन्छ । एउटा थाप्लोमा दुई वटा नाम्लो सम्भव छैन । छोरा होस् वा छोरी दुवै बराबरी ।ऊ मेरा लागि म उसका लागि । सुमधुर दाम्पत्य जीवन सफल बन्न यहा“ भावनाको कदर भएस“गै सम्बन्धमा अझ गाढापन थपिँदै जान्छ । समयले कोल्टे फेरेस“गै छोरा÷छोरी बीचको विभेदको खाडल सहर बजारतिर क्रमशः हटे पनि दुर्गमका गाउ“बस्तीमा यो चलन अहिले पनि ज्यू“का त्यू“ नै छ ।

बढ्दो सम्बन्ध विच्छेदमा मलजल अहिलेको उर्लदो वैदेशिक रोजगार पनि हो । हिजोआज विभिन्न मुलुक के महिला के पुरुष, विदेशिनेहरूको सङ्ख्या उच्च हुँदै गइरहेको छ । कतिलाई श्रीमान्ले धोका दिएका छन् त कतिलाई श्रीमतीले धोका दिएका छन् । कतिले शङ्काको भरमा घर उजाड बनाएका छन् । कमाउन जानेहरूका दुःख पीडा एकातिर छन्, फजुल खर्च गर्नेहरूको चरित्र अर्कोतिर अनि यी दुवै खाले चरित्रको चेपुवामा लालाबाला, वृद्धवृद्धा भोकभोकै मरिरहेका छन् । देशमा रहेका युवाशक्तिको जोस जा“गर तथा सीप पलायन भइरहेको छ ।

यसको सीधा असर श्रीमान् श्रीमती (परिवार) मै परेको छ । एकढिक्का भएर बा“च्नुपर्ने परिवार खण्ड–खण्ड भएर ब“ाच्न बाध्य छ । यसतर्फ जतिसक्दो चा“डो राज्यको ध्यान जान जरुरी देखिन्छ । राज्यले विदेश पलायन रोक्न आफ्नो देशमा रोजगारिको वातावरण सिर्जना गरेर युवा सीप अनि जा“गरलाई आफ्नो पञ्जामा राख्न सक्नुपर्छ । त्यसो भएमा पारिवारिक निकटता कायम रहिरहन्छ । अभिभावकको संरक्षण पाउनुपर्ने सबैले त्यो पनि पाइरहन्छन् । समाज समृद्धि बन्दै जाँदा घरघरको अनिष्टता पनि टर्दै जान्छ ।
हो, अहिलेका महिला स्वयं समृद्धिको बाटोतर्फ अघि बढ्दै छन् । परम्परागत भूमिकालाई तोड्दै छन् । तर त्यसो हुँदैमा महिलाले एकैपटक ठूलै स्वतन्त्रता उपभोग गर्न खोज्नु, आफू ‘भुइँमा न भाँडामा’ भएको ठहर्ने गरी चाहिने नचाहिने कुरामा विभिन्न खाले तर्क गर्दै जानाजान सम्बन्ध बिगारेर आफू अलग हुने निर्णय लिनु पक्कै जायज होइन । पुरुषले पनि महिलाको बदलिँदो भूमिकालाई अस्वीकार गर्नु, उनीहरूको क्षमताको पहिचान र कदर गर्न हिच्किचाउनु, मन छोटो बनाउनु न्यायोचित हुँदैन । संसारको चक्र सही मार्गमा चल्न श्रीमान् श्रीमती ‘एक रथका दुई पाङग्रा’ हुनै पर्छ । राजिखुसी, ह“ासिखुसी रहनुपर्ने जीवनको सम्बन्ध टुट्नु, आपसी वैमनष्य बढेर साथ छुट्नु जीवनको अभिशाप हो । कलङ्क हो, मुक्ति होइन । सन्तान दर सन्तानको खुसी, परिवारको खुसी कुनैमा कदापि कलङ्क विजारोपण हुनु हुँदैन । सानोतिनो खटपट सुरु हुँदैमा त्यसले भयावहको अवस्था वा सम्बन्ध विच्छेदको अवस्था नल्याइदेओस् । कानुनले सजिलो बनायो भन्दैमा त्यसको दुरूपयोग गरी आफू र सन्तानलाई सदाको पीडा, दुःखमा नहेलियोस् भन्ने हेक्का सबैले राख्नुपर्छ ।

Comments