धादिङको सिद्धलेकमा सानाकिसान सवलिकरण परियोजना अन्तरगतको तालीम सम्पन

सिद्धलेक । धादिङको सिद्धलेकमा सानाकिसान सवलिकरण परियोजना अन्तरगतको तालीम हिजो शनिबार सम्पन्न भएको छ । भोकालाई एकछाक भोजन होइन जीवन जिउने पनि जुक्ति सिकाउँ भन्ने नारा सहित सिद्धलेक गाउँपालिका वडा नं २ को पात्लेमा आयोजना गरिएको आधारशिला तालिम शनिबार सकिएको हो । बुधबारबाट ४ दिनसम्म सञ्चालन भएको तालिम हिजो एक कार्यक्रमका बिच वडा अध्यक्ष कमल बहादुर गुरूङले समापन गर्नुभएको हो । तालिम समापन अवसरमा बोल्दै अध्यक्ष गुरूङले महिलाहरु सम्पन्न भएमात्र घर परिवार र समाज सम्पन्न हुने धारणा राख्नुभयो ।
सिद्धलेक गाउँपालिका, हेफर इन्टरनेशनलसंग साझेदारी गरेर कार्यक्रम सञ्चालन गरेकोले गाउँपालिकाकै कार्यक्रम भएको बताउनु भयो । त्यसैगरी कार्यक्रम सञ्चालन गर्ने संस्था प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले हेफर ईन्टनेशनल नेपालको साझेदारीमा सामाजिक सत्भाव,महिला शसक्तिकरण र आयआर्जन वृद्धि गर्दै समृद्ध समाज निर्माण गर्न सञ्चालन गरिएको धारणा राख्नुभयो ।
तालिम समापन कार्यक्रममा प्रयास नेपालका कार्यकारी निर्देशकले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागिहरुसंग आग्रह गर्नुभयो । ४ दिनसम्म सञ्चालन भएको तालिममा नेता नेतृत्व ,स्वनेतृत्व ,सकारात्मक सोच ,यसका फाइदा,हाम्रो आस्था,विश्वास र मुल्यमान्यता तथा हेफरका १२ ओटा आधारशीला र साना पशुपालनको माध्यमबाट आयआर्जन वृद्धिका विषयमा छलफल भएको प्रयास नेपालका पशु स्वास्थ्य प्राविधिक संयोजक इश्वरी कोइरालाले जानकारी दिनुभयो । तालिम हरेक मानिसको दैनिकी आईरहने सबालहरु केन्द्रीय भएको आफुलाई निक्कै परिवर्तन गराएको र सचेतना अभिवृद्ध भएको सहभागिहरुले बताएका छन् । तालिमले प्रत्येक व्यक्तिले उत्तरदायित्व पूरा गर्न सकेमा दिगो र सहज तथा कार्यक्रम प्रभावकारी हुने रहेछ नयाँदेबि स्वबलम्मी महिला समुहकी अध्यक्ष सपना कुँबरले बताउनु भयो । संस्थाले सिद्धलेक गाउँपालिकामा ४३ वटा समूह मार्फत कार्यक्रम संचालन गर्दै आएको प्राविधिक संयोजक कोईरालाले बताउनु भयो ।

२०७५ कार्तिक १८ गते प्रकाशित

Comments