हुम्लामा स्याउ धेरै फलेपछि किसान चिन्तित

२० कार्तिक,हुम्ला । हुम्लामा यसपाली स्याउ धेरै फलेको छ । स्याउ धेरै फलेपछि किसानलाई भण्डारणको चिन्ता हुन थालेको हो । नयाँ प्रविधि नभएकोले स्याउ भण्डारणमा समस्या आएको हुम्लाका किसानहरु बताउछन् । अहिले पनि उही पुरानो बोरामा प्याकिङ तथा जमिनमुनि खाल्डो खनेर स्याउ भण्डार गर्नु पर्ने अवस्था छ । यसरी राख्नु पर्दा स्याउ कुहिने डरले किसान चिन्तित हुन थालेको छ ।

फार्ममा डेढ सय बोट स्याउ लगाएर राम्रो फलेको र उत्पादन भएको स्याउ बिक्रीको समस्या रहेकै अवस्थामा भण्डारण गर्न पनि कठिनाइ हुँदा स्याउ कुहिने डर लाग्न थालेको सिमकोट गाउँपालिका २ ठेहेका अगुवा किसान गोरासिंह बोहोरा बताउँछन् । बोरामा राख्दा र जमिनमा खाल्डो खनेर राख्दा गत वर्ष स्याउ कुहिएको किसानहरुले बताए । गोरखपत्रबाट

Comments