सावधान ! नेपालमा बाँझोपनको समस्या तीव्र गतिमा बढ्दो, यि खानेकुराले बढाउँछ बाँझोपन

पछिल्लो केही वर्ष यता नेपालमा बाँझोपनको समस्या तीव्र गतिमा बढ्दो छ । त्यसमा पनि पुरुषमा हुने बाझोपनको ग्राफ निकै तीव्र गतिमा बढ्दो छ । बाँझोपन बढ्नुमा जीनको मात्र दोष नभई अस्वस्थकर खानपान, धूमपान, मद्यपान आदि कुराको सेवनले पनि बाँझोपनको समस्या बढ्ने गरेको छ । त्यसबाहेक केही यस्ता खानेकुरा पनि छन् जसको सेवनले सेक्स लाइफमा मात्र असर पार्दैन, पुरुषहरूमा बाँझोपनको समस्या समेत निम्त्याउने गर्छ । के छन् त त्यस्ता खानेकुरा :प्रोसेस्ड मासु

मासु धेरैलाई मन पर्छ । मासु खानु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । तर कुनै पनि मासु छान्दा सही मासुको छनोट गर्नु जरुरी छ । मासु अर्गानिक छ भने त समस्या हुँदैन तर प्रोसेस्ड मिट खानु स्वास्थ्यका दृष्टिले त्यति फाइदाजनक मानिँदैन । प्रोसेस्ड मिटले स्पर्मको गुणस्तरमा कमी ल्याउने गर्छ ।

त्यसमा पनि ह्यामवर्गर, हट डग, सलामी लगायतमा प्रयोग हुने प्रोसेस्ड मिटले स्पर्म काउन्ट झण्डै २३ प्रतिशतले कम गर्दछ । प्रोसेस्ड मिटले हर्मोनमा गडबडी गराउने हुँदा यसले प्रजनन प्रणालीमा हानी पुर्‍याउने गर्छ ।

फ्याटयुक्त दुग्धजन्य पदार्थ

फ्याटले भरिपूर्ण दूध, चीजजस्ता दुग्धजन्य पदार्थले स्पर्मको प्रभावकारितामा असर पार्ने गर्छ । दैनिक फुल फ्याट दूध पिउनाले पनि स्पर्म काउन्टमा कमी हुनसक्छ । दिनमा कम्तीमा दुईपटक फुल फ्याट डेयरी प्रोडक्टको सेवनले यस किसिमको नोक्सान हुनसक्छ ।

चिनीयुक्त पेय पदार्थ

कोक, फ्यान्टा, स्प्राइट, सोडाजस्ता चिनीयुक्त पेय पदार्थ तथा कार्बोहाइड्रेटले पनि शरीरमा असर पार्ने गर्छ । एक अनुसन्धानले जनाए अनुसार एक दिनमा एकपटक भन्दा बढी पटक सुगर तथा कार्बोहाइड्रेट डि्रंक्स पिउँदा स्पर्मको गुणस्तरमा र्‍हास आउँछ ।

Comments