‘द भ्वाइस’ को सुरुवातमै सुरु भयो रुवाबासी, इण्डियाकी सानिध्याको स्वरमा झुमे दर्शक (भिडियो)

काठमाडौं- साङ्गीतिक रियालिटी शो हरुको भिँडमा एउटा फरक अनि बिशेष रियालीटी शो हो द भ्वाइस । आवाज अनि सङ्गीतको बिभिन्न स्वाद अनि कुना कन्दरामा रहेका ट्यालेन्टहरुलाई आफ्नो प्रतिभा पस्किन एउटा बिशेष मञ्च दिने “द भ्वाइस अफ नेपाल” अब LIVE राउण्डमा आइपुगेको छ । अब जे हुनेछ LIVE हुनेछ, जस्तो हुनेछ LIVE हुनेछ, अब जति हुनेछ LIVE नै हुनेछ । द भ्वाइस अफ नेपालको नयाँ फर्म्याट मात्र परीवर्तन भएको हैन मौसम पनि बदलिएको छ । बढ्दै गरेको चिसो मौसम अाफ्नो रफ्तारमा छ ।

पर्वीय उल्लासको यो माहोलमा सङ्गीतको जादू पश्किन द भ्वाइस अफ नेपाल पुन उपस्थित छ । स्वागत छ सङ्गीतको यो उर्जायूक्त ताजा एपिसोडमा । धेरैपछि विदेशिएका आफन्तजन घर फर्किनुभएको होला, धेरै आशा, खुशी अनी सपनाका अनेक चाङलाई विट मार्दै आप्mनाहरुका साथ विताइने समय अनमोल हुन्छ । हामी विश्वस्त छौं तपाईको बडा दशैं अवश्य रमाइलो भयो होला । ब्लाइण्ड अडिशनमा आवाज मात्रको छनौट गर्नका लागि कोचहरुले आवाज सुन्न अघि सहभागीको अनुहार हेर्न नमिल्ने गरि बस्ने प्रावधान थियो ।

आवाजको निखारताले मन्त्रमुग्ध भएका कोचहरुले आफ्नो रोजाई अनुसार आवाजको श्रवण पछि बजर दबाएर कुर्सि फर्काएका हुन् । ४ जना कोचहरु आआफ्ना बिधाका सांतितिक धारका ज्ञाता हुन् अनि यि कोचहरुले आआफ्नो ड्रिम टिमको निर्माण गरे, ब्लाइण्ड अडिशनबाट । एउटा अंग्रेजी भनाई यहाँ राख्न मन भयो “Love what you hear” अर्थात जे सुन्नुहुन्छ त्यसलाई माया गर्नुहोस् र यसै भयो यो ब्लाइण्ड राउण्डमा । रियालीटी शो का तडकभडकमा राम्रो गाउने भन्दा पनि राम्रो देखिनेहरुका लागि सहजता देखिन्छ तर “द भ्वाइस अफ नेपाल”को प्रथम राउण्ड ब्लाइण्ड राउण्डबाट नै अनुहारले भन्दा आवाजले ग्राहयता पाएको हो, यहाँ गायकीको तजबिजमा मुहारको सौन्दर्यलार्इ कुनै ठाउँ छैन, गायकी पस्किनुस् अघि बढ्नुस् ।

ब्लाइण्ड पछि ब्याटल राउण्डमा एकै कोचका २ जना ट्यालेन्टबिच साङ्गीतिक ब्याटल गरेर एकजनालाई छानियो । स्टेलको प्रावधानका कारण छनौटको परिधी बाहिर केही उत्कृष्ट आवाजहरुले अर्का कोचको टिममा बास पनि पाए र अब पालो छ लाइभ राउण्डको । ३२ जना ट्यालेन्टहरुको साङ्गीतिक प्रस्तुतिमा LIVE स्वाद पस्किने यो चरण गज्जब रोचक छ । हरेक एपिसोडमा २ जना कोचका चारचार जना ट्यालेन्टले लाइभ प्रस्तुति दिनेछन् । त्यसमध्य उत्कृष्ट एक आवाजलाई कोचले चुन्नेछन भने बाँकी ३ जनाको द भ्वाइस यात्राको सम्भावना अब तपाईँको हातमा । तपाईँ अर्थात् तपाईँहामी सबैजना दर्शक स्रोताहरु, नेपालीहरुको प्रथम “द भ्वाइस अफ नेपाल” छान्ने दायित्व पुरा गर्नकालागि यहाँहरुले आफ्नो मनपर्ने ट्यालेन्टलाई SMS अनि अनलाइन भोटिङ मार्फत् भोट गर्न सक्नुहुनेछ ।

द भ्वाइसको आजको प्रस्तुति पुरा भिडियो यहाँ हेर्नुहोस:

Comments