१७ कार्तिक,काठमाडौं- नेपाल आइडल सिजन वानका विजेता बुद्द लामाको आवाजमा रहेको नया गीत सार्वजनिक भएको छ। बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्द लामालाई मेलिना राईले साथ दिएकी छन्। चर्चित डान्स ग्रुप भिमफेदी गाइजको आकर्षक नृत्यको साथमा तयार भएको यस भिडियोलाई भद्रगोलका काकु अर्थात लेखक तथा निर्देशक दीपक आचार्यले निर्देशन गरेका हुन्। नेपाल आइडल भएपश्चात नेपाली गीतसंगीतमा बुद्द लामाको दमदार उपस्थिती नभएको गुनासो आइरहेको समयमा आफुले त्यस कुरालाई सम्बोधन गर्नका लागि यो गीत निकालेको बु४को भनाई रहेको छ।
उनले आफू नेपाल आइडल भए पनि सोचे अनुसार काम गर्न नपाएको गुनासो समेत गरे। यता संगीतकार बसन्त सापकोटाले बुद्द लामाले नेपाल आइडलको ट्याग बाट माथि उठ्दै सिर्जनाको कारण चिन्ने अवस्था आउनु पर्ने भन्दै यस गीतले केही हदसम्म साथ दिने बताए। रातो टिका निधारमा टल्क्यो टल टल बोलको गीतलाई भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफ गरेका हुन् भने डिओपी सुदिप बरालको रहेको छ।

Comments
Post a Comment