काठमाडौँ । चर्चित रियालिटी शो नेपाल आईडलमा आज चर्चित गायक सम्भुजित बास्कोटा गेष्टको रुपमा उपस्थित थिए । नेपाली संगीतका धरोहर बास्कोटा लिजेण्ड संगीतकार हुन । नेपाली गित संगीतमा एकछत्र जमेका बास्कोटाका गित स्वरसम्राट नारायण गोपाल, गुलाम अलि लता मंगेश्वर देखि भारत र नेपाल दुवै देशमा सुपरहिट गायक उदित नारायण झा सम्मले गायका छन । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आईडलको सिजन २ अन्तर्गतको गाला राउण्डको प्रसुति चलिरहेको छ ।
आज बिहिबार सबै प्रतिसपर्धीहरुले राम्रो प्रस्तुति दिएका थिए । सबै आ-आफ्नो ठाउँमा अब्बल थिए । जजहरुकै कमेन्टलाई आधार मान्ने हो भने बिक्रम बराल, अस्मिता अधिकारी र सुमित पाठकले रेस्पेक्ट पाए भने पोखराका बिक्रम बराल पर्फमर अफ द डे भए । वरिष्ट संगीतकार बास्कोटाले बिक्रम बरालको धक खोलेर तारिफ गर्दै भने ‘प्रतिभाको कुनै जोन हुँदैन’ प्रतिभा कहिल्यै जेठो कान्छो हुँदैन यो मलाई मंचबाट नारायण गोपालले भन्नु भएको थियो त्यो बेला आज त्यहिँ कुरा तपाईलाई भन्छु’ उनले भने ।
त्यस्तै न्ह्यु र काली भने निशब्द भए । अन्तमा गतसाता बिक्रमले बटम थ्रीमा पर्दा दुखमन गरे र अझै राम्रो राम्रो प्रस्तुति दिंदै जाने बाचा पनि गरे । बाकीं बिक्रमको प्रस्तुति भिडियोमा हेर्नुहोस ।

Comments
Post a Comment