काठमाडाैँ । यम पञ्चकको दोश्रो दिन, आज कुकुर तिहार । सबै नेपालीका घर-आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा-मीठा खानेकुरा खुवाउँदै पूजा गरी मनाइँदै छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास समेत रहेको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख गरिएकाे पाइन्छ । आजका दिन पाप नाश गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन रहिअाएकाे छ ।
कुकुरको पूजा किन र कसरी गर्ने ?
परयुगको झण्डैझण्डै अन्त्यतिर सत्यवादी राजा युधिष्ठिर राजपाट नाति परिक्षितलाई सुम्पेर रानी द्रौपदी र चारभाइसहित ‘महाप्रस्थान’को यात्रामा लागे। चार भाइ र द्रौपदी पालैपालो युधिष्ठिर सँगबाट छुट्दै गए। जान पाएनन्। युधिष्ठिरको एक मात्र साथी थियो, कुकुर। जब स्वर्गबाट दूत लिन आए युधिष्ठरले आफूमात्रै स्वर्ग नजाने बताए। कुकुरजस्तो अपवित्र जन्तुलाई स्वर्ग लग्ने कुरा सुनेर स्वर्गका दूतल हाँसे। युधिष्ठिरले अड्डी कसे। उनको शर्त थियो, ‘कुकुरलाई साथै लग्ने भए मात्र स्वर्ग जान्छु, नत्र जाँदिनँ।’ धेरैले सुनेको महाभारतको प्रसंग अनि कुकुरको पूजा गर्ने वा कुकुरलाई मानवोचित व्यवहार गर्नुपर्छ भन्नेहरूले राख्ने गरेको तर्क।
सुनेकै भरमा धेरैले भन्ने गरेका छन्, ‘कुकुर त्यति महत्वको जनावर हो, जो युधिष्ठिरसँग सरासर स्वर्ग जान पाएको थियो। त्यो सन्दर्भमा के युधिष्ठिरको जीत भयो? उनले कुकुर स्वर्ग लग्न पाए? कि युधिष्ठरसमेत मर्त्यलोक वा नरक पठाइए ? यी प्रश्नको जवाफ भने राम्ररी महाभारत अध्ययन गरेकाबाहेकसँग नहोला। हाम्रो समाजले पूजाको अर्थ अविर, फूल र अक्षता चढाउनु वा लगाइदिनुलाई मात्र बुझ्ने गरेको छ। कसैलाई सम्मान गर्नु, उसको अनुकुल व्यवहार गर्नु पूजा गर्नु हो। कुकुरको पूजा एकदिन मात्र गर्ने होइन वर्षभरि नै गर्ने विधान छ, पौराणिक ग्रन्थहरूमा। खाना तयार भएपछि परिवारले खानुअघि काग र कुकुरलाई चढाउनुपर्ने बताइएको छ। सन्दर्भ हो कुकुरतिहारको।
कार्तिक कृष्ण चतुर्दशी (प्रचलित पञ्चांगका भाषामा यमपञ्चकको दोस्रो दिन) कुकुरको पूजा गर्ने चलन छ, नेपाली हिन्दु समाजमा। कुकुरले यो एक दिन मानिसहरूबाट निकै सम्मान पाउँछन्। मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई सम्मान गर्ने परम्पराअनुरूप यो दिन कुकुरको पूजा गरिने धर्मशास्त्रका ज्ञाता प्रा.डा. देवमणि भट्टराई बताउँछन्। टाउकै रंगिनेगरी रातो टिका। गलामा सयपत्री र गोदावरी फूलको माला। मानिसले खानुभन्दा अघि नै तातो दाल, भात, तरकारी र अन्य मिष्ठान्न। घरमा पालिएकाको कुरा छोडौं, गल्ली गल्ली भौँतारिने भुस्याहा कुकुरले समेत ठूलै ‘मेजमानी’ पाउँछन्, यो दिन।

एउटैले दुई चार घरपरिवारकै सम्मान पाउँदा त थेगिसक्नुको हुँदैन शरीर। वर्षको एकदिन सम्मान पाएर ३६४ दिन निकृष्ट व्यवहार खेप्ने कुकुरको पीडा एकातिर छ भने पश्चिमा संस्कृतिको नक्कल गर्दै शहरी भेगमा अचेल धेरैको परिवारको सदस्यकै सम्मान पाउन थालेको छ। सुत्नेकोठादेखि भान्सासम्म र बैठककोठादेखि पूजाकोठासम्म पहुँच बनाएको छ। एकाबिहानै कुकुरलाई शौच गराउन जाने सम्भ्रान्तहरूको नित्यकर्ममै पर्न थालेको छ। सनातन हिन्दु धर्ममा कुकुरको स्थान घरबाहिरै बताइएको छ। जति नै नुहाइधुवाइ गरेर राजसी ठाँटमा वा बाँधेरै राखे पनि मौका पाउनेबित्तिकै फोहोरजन्य पदार्थ खानु कुकुरको गुण हो। त्यसकारण धर्मशास्त्रहरूले कुकुरलाई घरभित्र निषेध गरेका छन्।
खाना, पूजासामग्री कुकुरले छुँदा अपवित्र मानिन्छन्। कतिपयले त सँगै खाने र सँगै सुताउने पनि गर्छन्। कुकुरतिहार बाहेक अरु दिन तिरस्कार गर्ने र परिवारकै सदस्यका रूपमा कोठाचोटामा प्रवेश गराउने यी दुवै किसिमका व्यवहार सनातन धर्मको दृष्टिमा अनुचित हो भन्छिन्, इतिहास पुराणकी सहप्राध्यापक प्रियंवदा काफ्ले। ‘सबै जीव वा वस्तुको राम्रा वा नराम्रा दुवै पक्ष हुन्छन्, राम्रा पक्ष लिएर पूजा गर्ने हो त्यसको सम्मान गर्ने हो’, उनी भन्छिन्। हाम्रो समाजले पूजाको अर्थ अविर, फूल र अक्षता चढाउनु वा लगाइदिनुलाई मात्र बुझ्ने गरेको छ। कसैलाई सम्मान गर्नु, उसको अनुकुल व्यवहार गर्नु पूजा गर्नु हो।
काफ्लेका अनुसार कुकुरको पूजा एकदिन मात्र गर्ने होइन वर्षभरि नै गर्ने विधान छ, पौराणिक ग्रन्थहरूमा। खाना तयार भएपछि परिवारले खानुअघि काग र कुकुरलाई चढाउनुपर्ने बताइएको छ। काकबलिका नाममा काग र श्वानबलिका नाममा कुकुरलाई पाकेका कुरा ख्वाउन निर्देश गरिएको छ। ‘विधिविधानलाई संक्षेपीकरण गर्न खोज्दा वर्षको एक दिन मात्र कुकुर पुज्ने चलन बसेको हो’, काफ्लेले भनिन्। मानव समाजका लागि उपयोगी कुकुरका धेरै गुण छन्। मालिकप्रति बफादार रहने, कुनै खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाउनेजस्ता अनेक गुण कुकुरमा छन्। उच्च सुँघ्नसक्ने क्षमताका कारण अचेल सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्छ।
अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि कुकुर प्रयोग हुँदै आएकोछ। विगतमा शिकार पहिचान गर्न कुकुरको प्रयोग हुने गथ्र्यो। अचेल अपराध अनुसन्धानका लागि हुन थालेको छ। कुकुरबाट मानव समाजले सिक्नुपर्ने कुरा पनि छन्, जस्तै गुनको बदला गुनैले तिर्ने अवगुन नगर्ने। चनाखो भएर सुत्ने, आदि। सनातन हिन्दु धर्ममा कुकुरको स्थान घरबाहिरै बताइएको छ। जति नै नुहाइधुवाइ गरेर राजसी ठाँटमा वा बाँधेरै राखे पनि मौका पाउनेबित्तिकै फोहोरजन्य पदार्थ खानु कुकुरको गुण हो। त्यसकारण धर्मशास्त्रहरूले कुकुरलाई घरभित्र निषेध गरेका छन्। खाना, पूजासामग्री कुकुरले छुँदा अपवित्र मानिन्छन्। कतिपय अवस्थामा मानिसलाई छुँदा पनि प्रायाश्चित गर्नुपर्ने बताइन्छ।
ऋषिपञ्चमी व्रतकथामा सर्पले विष हालिदिएको देखेर ककुर्नीले भान्सा छोइदिँदा उसलाई अगुल्टाले हानेर अर्को भान्सा तयार गरेको प्रसंग आउँछ। घरभित्र संसर्ग गराउँदा कुकुरका झरेका रौं र र्यालले समेत मानिसलाई हानि गर्ने तथा रेबिजजस्ता गम्भीर प्रकृतिका समस्या आउने बताइन्छ। ‘काग र कुकुरजस्ता प्राणीले मानिसलाई ठूलो गुन लगाउँछन् र अपेक्षा पनि राख्दछन्। यी आशामुखी प्राणी हुन्’, काफ्ले भन्छिन्, ‘विवेक भएको एक मात्र प्राणी मानिसले त्यसलाई बुझेर यथोचित व्यवहार (कसलाई कस्तो गर्नुपर्ने हो) गर्नुपर्छ।’
फेरि मानिस र यस्ता जीवजन्तु एक अर्काका आधार पनि हुन्। यी दुवै पक्षबीच एक अर्कालाई सहयोग नगर्ने हो भने जीवन असहज हुन्छ। फेरि सुरुकै प्रसंग। युधिष्ठिर कुकुरलाई लान नपाए आफू पनि स्वर्ग नजाने बताइरहेका थिए। स्वर्गका दूत युधिष्ठरलाई लग्ने तर कुकुरलाई कुनै हालतमा नलग्ने जवाफ दिइरहेका थिए। हेर्दाहेर्दै तयो कुकुर देवताको रूपमा परिणत भयो। उनी थिए, पाप र धर्मको हिसाबकिताब राख्ने, उनै धर्मराज। युधिष्ठिरको सत्यवादिता, प्राणीहरूमा राख्ने समभावको परीक्षा लिन कुकुरको रूप पो लिएका रहेछन्। यो सन्दर्भलाई पं.नरेन्द्रनाथ रिमालकृत महाभारत अठार पर्व (दो.सं.–२०६५)मा यसरी उल्लेख गरिएको छ– आफ्नो दिव्य स्वरूप धारण गरी साम्ने अगाडि सरी। धर्मैराज प्रकट् तहीँ हुन गई बोले मधूरो गरी।।
हे बाबू प्रियपुत्र जाँच तिमरो फेर् गर्न लाग्यो मति। कुक्कुरको लि स्वरूप पछीपछि हिँडेँ चुक्दै चुकेनौ कति।। ( महाप्रास्थनिक पर्व ५५) पं.नरेन्द्रनाथ रिमालकृत महाभारत अठार पर्व विद्यावारिधि गरेका डा.मधुसुदन लामिछानेका अनुसार महाभारतमै अर्को प्रसंग आउँछ, कुकुरकै। युद्ध सुरु हुनुभन्दा अघि नै कुकुरहरूले संकेत गरेका थिए, कौरवको हार हुँदैछ। कौरव पक्षतर्फ कुकुरको समूहले उल्टो आवाज निकालेर यसको संकेत गरेका थिए।

Comments
Post a Comment