धार्केको फुटपाथ र कुलो निर्माणमा ३२ लाख खर्च (सहयोग गर्नेको नामावली सहित)

धार्के । धार्केको फुटपाथ र कुलो निर्माणका लागि ३२ लाख रुपैँया भन्दा बढि खर्च भएको छ । फुटपाथ निर्माण तर्फ ३० लाख ४० हजार १ सय २८ रुपैँया र कुलो निर्माण तर्फ १ लाख ८४ हजार ८ सय ५१ रुपैँया सहित ३२ लाख २४ हजार ९ सय उनान्असी रुपँया खर्च भएको धार्के बजार टोल सुधार उपभोक्ता समितीका अध्यक्ष रामचन्द्र आचार्यले नागरिकपाटीलाई बताए ।
खर्च भएको उक्त रकम मध्ये धुनिबेशी नगरपालिकाबाट २७ लाख ९३ हजार ७७ रुपैँया र स्थानियबाट ३ लाख २१ हजार १० रुपैँया सहयोग प्राप्त भएको छ ।
अहिले बजारमा सडक बत्ती पनि राखिएको छ । उक्त कामका लागि १ लाख ७० हजार रुपैँया स्थानियबाट सहयोग प्राप्त भएको छ । सडक बत्तिका लागि करिब ४ लाख ५० हजार रुपैँया खर्च भएको र बाँकी रकम नगरपालिकाको सहयोग रहने टोल सुधार उपभोक्ता समितीका अध्यक्ष रामचन्द्र आचार्यले नागरिकपाटीलाई बताए । यसैगरि बजारको सुरक्षाको लागी भन्दै ६ वटा सिसि क्यामेरा समेत जडान भईसकेको छ । धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले नगरपालिकाको मुख्य तिन बजार धार्के, नौबिसे र खानीखोलालाई व्यवस्थित बनाउन नगरपालिकाले काम गरिरहेको बताए ।
फुटपाथ र कुलो निर्माणमा खर्च तथा ब्लक विच्छाउँदा सहयोग गर्नेको नामावली र सहयोग रकम यस्तो छ ।

Comments