काठमाडौं– २०४३ सालमा राष्ट्रिय पञ्चायतमा चुनाव जितेपछि उनले संसदको रोष्टममा उभिएर भने, ‘पञ्चायत व्यवस्था केही मुठीभर व्यक्तिको हित साँध्न प्रयोग भयो। यसको अन्त्य हुनुपर्छ र बहुदलीय व्यवस्था स्थापना हुनुपर्छ।’ पञ्चायती शासन व्यवस्थाविरुद्ध बोल्नु त्यतिबेला चानचुने कुरा थिएन। तर उनी काठमाडौंबाट निर्वाचित एक लोकप्रिय नेता थिए। उनलाई ठूलो जनसमर्थन प्राप्त थियो। उनले गरेका भाषणको टेप मान्छेहरु लुकीलुकी किनेर सुन्थे।
नेपालको प्रजातान्त्रिक आन्दोलनका तिनै निर्भिक नेता पद्मरत्न तुलधारको आइतबार दिउँसो निधन भएको छ। केही समय अघि मात्रै पहिलो जंको गरेका उनलाई मस्तिष्कघात भएपछि अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था थप जटील भएपछि बुधबार नर्भिक अस्पताल सारिएका उनको त्यहीँ निधन भएको हो।
क्यासेट ब्ल्याकमा बिक्री
पद्मरत्न तुलाधर पञ्चायतको उत्तराद्र्धमा सो व्यवस्था बिरोधी आन्दोलनको एउटा सशक्त आवाज थिए। तत्कालीन भूमिगत नेकपा मालेले पञ्चायत उपयोग गर्ने नीति लिएपछि देशभरबाट जनपक्षीय उम्मेदवार खडा गरेको थियो, जसमध्ये देशभरिबाट पाँच जना उम्मेदवार चुनाव जितेर आए। ती मध्ये एक जना थिए– काठमाडौंबाट जितेका पद्मरत्न तुलाधर। ‘जितेर आउनेहरु मध्ये उहाँ हामी सबैका नेता हुुनुहुन्थ्यो,’ त्यतिबेला कास्कीबाट रापस जितेका नेकपाका नेता सोमनाथ अधिकारी प्यासी सम्झन्छन्, ‘पञ्चायत बिरोधी आन्दोलन मात्रै नभएर भाषिक र मानवअधिकार क्षेत्रको आन्दोलनमा पनि उहाँको ठूलो योगदान छ।’

२०४३ को चुनावमा काठमाडाैंबाट तुलाधर र कास्कीबाट अधिकारीसहित चितवनका जागृतप्रसाद भेटवाल, झापाका द्रोणाचार्य क्षेत्री र इलामबाट नवलकेमी राई जनपक्षीय सांसद रहेका थिए। यी सबै सांसदका नेता थिए– तुलाधर। काठमाडौंबाट जितेको कारण तुलाधारको अभिव्यक्तिलाई संसदभित्र पनि गम्भीरता साथ लिइन्थ्यो। उनी लोकप्रिय थिए। बसन्तपुरमा आयोजित चुनावीसभामा तुलाधारले गरेको भाषणको क्यासेट बजारमा आउँथे। ती बिक्री हुन्थे।
‘उहाँले भाषण गरेका क्यासेट काठमाडौं बाहिरका जिल्लामा पनि निकै बिक्री भएका थिए,’ लामो समयदेखि तुलाधरको सामिप्यमा रहेका पत्रकार सुरेश किरण मानन्धार सम्झन्छन्, ‘भाषणका क्यासेट ब्ल्याकमा समेत बिक्री हुन्थे।’ त्यो हिट सिनेमाका टिकट ब्ल्याकमा बिक्री हुने समय थियो। तुलाधारका भाषणका क्यासेटपनि त्यसैगरी बिक्थे।

विसं. २०३० को दशकदेखि नेपाल भाषा आन्दोलनसँग जोडिएका उनी पत्रकार, साहित्यकार हुँदै राजनीतितर्फ लागेका थिए। भाषा आन्दोलनसँगै उनले नेपाल भाषा पत्रिकामा संवाददाताका रुपमा समेत गरे। पछि उनी नेपाल भाषा मंका खलःका अध्यक्ष भए। ‘पत्रकार, निबन्धकार, राजनीतिज्ञ र मानव अधिकारकर्मीको रुपमा तुलाधारलाई बुझ्ने गरिन्छ,’ राष्ट्रिय समाचार समितिको अध्यक्ष रहेका सहित्यकार श्यामल भन्छन्, ‘नेपाल भाषा सहित्यका क्षेत्रमा उहाँको अतुलनीय योगदान छ।’
उम्मेदवार नहुन गणेशमानको आग्रह
२०३५ सालमा भएको जनमतसंग्रहपछि २०३७ सालमा सुधारिएको पञ्चायतको चुनाव हुँदै थियो। उनी चुनावमा उठ्ने पक्षमा थिए। तर अन्तिम समयमा आएर उम्मेदवार नबन्ने निर्णयमा पुगे। नेपाल अध्ययन केन्द्रका अध्यक्ष कोमल भट्टराई सम्झन्छन्, ‘गणेशमान सिंहको आग्रहमा त्यतिबेला उहाँले नाम फिर्ता लिनु भएको हो। उम्मेदवारी दिँदा पञ्चायतलाई बल पुग्छ भन्ने गणेशमानको बुझाई थियो।’ त्यतिबेला जनमत संग्रहमा बहुदल पराजित भएपछि कांग्रेसले पञ्चायती व्यवस्थाको चुनाव बहिस्कार गरिरहेको थियो। पाँच वर्षपछि २०४३ सालमा फेरि राष्ट्रिय पञ्चायतको चुनाव हुने भयो। यो पटक पद्मरत्न तुलाधर सूर्य चिन्ह लिएर प्रतिस्पर्धा उत्रिए र नी अत्यधिक बहुमतले विजयी भए।

२०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछि नेकपा एमालेले तुलाधरले प्रयोग गरेकै सूर्य चिन्ह प्रयोग गर्यो। यसका लागि एमाले नेताहरुलाई तुलाधारले प्रेरित गरेको कतिपयको बुझार्इ छ।प्रजातन्त्र स्थापनापछिको २०४८ सालमा भएको पहिलो आमनिर्वाचन र २०५१ सालको मध्यवधि चुनावमा तुलधार नेकपा एमालेका उम्मेदवार बने। दुवै चुनाव जिते। ‘तर तुलाधर कहिल्यै पनि एमालेको पार्टी सदस्य हुनु भएन,’ प्यासी भन्छन्। २०५१ को मध्यावधि चुनावमा एमाले नेपालको सबैभन्दा ठूलो राजनीतिक दल बन्यो।
मनमोहन अधिकारीको नेतृत्वका सरकारमा तुलाधर स्वास्थ्यमन्त्री बने। २०५४ सालमा महाकाली सन्धिको विषयमा एमाले बिभाजित भएर नेकपा माले गठन भयो। २०५६ सालका चुनावमा तुलाधरले मालेबाट प्रतिस्पर्धा गरे तर पराजित भए। दस वर्षे सशस्त्र द्वन्द्वमा रहेको नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन तुलाधरको महत्वपूर्ण योगदान रह्यो। तत्कालीन विद्रोही माओवादीसँग सरकारले वार्ता गर्दा उनी मध्यस्थकर्ता रहे। पछिल्लो समयमा उनी नेपाल ट्रान्जिसन टु पिस नामक गैरसरकारी संस्थासँग आवद्ध थिए।

Comments
Post a Comment