तिहारका लागि कसरी सजाउने घर, बनाउनुहोस् यसरी आकर्षक

काठमाडौं । तिहारमा घरलाई आकर्षक र बत्ति बालेर झिलिमिली बनाइएमा धनकी देवी लक्ष्मीको बास हुने धार्मिक विश्वास रहिआएको छ । यस कारण तिहारका बेला कसरी घरलाई आकर्षक बनाएर सजाउने भन्ने सबैको ध्यान तान्ने गरेको छ । घरलाई फूलमालाले सजाउने, दियोबत्तीले धपक्क बाल्ने, सुगन्धित धूपले मगमगाउने बेला हो तिहारको समय । फेरि तिहारका बेला घरलाई कसले राम्ररी सजायो भनेर टोल छरछिमेकमा पनि अस्वस्थ प्रतिस्पर्धा चल्न थालेको छ ।

तर, कम खर्चमा यसरी आफ्नो घरलाई सजाउने सकिन्छ :घरमा धेरै फूल सजाउनुको साटो एक वा दुई मालालाई घरको ढोकामा झुण्ड्याउनुस् । यसबाट घरलाई आकर्षक र चाडको रौनक पनि प्राप्त हुनेछ । घरको मुलद्वारमा रंगोली बनाउँदा घर मात्रै सुन्दर देखिँदैन पाहुनाहरुलाई आकर्षण र खुशी दिन्छ । रंगोली बनाउन लागत पनि कम र आफैंले पनि बनाउन सकिन्छ ।

पारम्परिक रंग तथा फूलको प्रयोग गरेर आफ्नै हातले रंगोली बनाउन सकिन्छ ।आफूलाई बनाउन असहज लागेमा बजारमा एक से एक रंगोली किन्न पाइन्छ। मुलद्वारको साथसाथै लिभिङ रुमको सेन्टरमा पनि रंगोली बनाएर घरको शोभा बढाउन सकिन्छ ।घरका बत्तिहरु बदल्दा पनि घर आकर्षक बन्छ । यसका लागि तेल हालेर बाल्ने गरेको दियो वा मैनबत्ती प्रयोग गर्न सकिन्छ , वा दियोकै आकारमा पाइने विजुलीबाट बल्ने बत्तिको प्रयोग गर्न सकिन्छ ।

यसलाई घरको हरेक कुनालाई दियोले सजाउनुस् ।घरको मुलद्वारका साथै हरेक कोठाको ढोकामा तोरण लगाउनुस् । यसका लागि तपाईं पारम्परिक पत्ता तथा फूलको तोरणको पनि प्रयोग गर्न सक्नुहुन्छ । अथवा, बजारमा पाइने डिजाइनदार तोरण ल्याएर पनि प्रयोग गर्न सक्नुहुन्छ । मुख्य हललाई सजाउन लाल्टिनको पनि उपयोग गर्न सकिन्छ । यसका साथै इलोक्ट्रोनिक्स बत्ति तथा बजारमा पाइने विभिन्नका सामानहरु ल्याएर पनि सजाउन सकिन्छ ।
Source:Osnepal

Comments