१६ कार्तिक,काठमाडौं– काठमाडौं उपत्यकाभित्र भएका सडकहका खाल्डा २ महिनाभित्र समाप्त हुने दावी प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले दावी गरेका छन्। आज पत्रकार सम्मेलन गर्दै उनले २ महिनामा काठमाडौं उपत्यकाका कुनै पनि सडकमा खाल्डा नहुने दावी गरे। ‘२ महिनाको अवधिमा काठमाडौको सबै खाल्डा पुरिने कुरामा सबै मन्त्रालयको प्रतिवद्धता आएको छ,’ उनले भने, ‘केही सडकमा बाइपास लगायतका स्थानमा काम गर्न समय लाग्ने भएकाले त्यसको वैकल्पिक व्यवस्था हुने छ।’
सहरी विकास मन्त्रालय लगायतका मन्त्रालयलाई राखेर प्रधानमन्त्री कार्यालयको अनुमगन हुनेगरी संयन्त्र निर्माण हुने उनले बताए । यसअघि पनि यस्ता प्रतिवद्धता व्यक्त भएको तर काम नभएको विषयमा सोधिएको प्रश्नमा उनले अब त्यस्तो नहुने बताए। मन्त्रालयहरुले अहिले काम हुन नसकेको महसुस गरेकाले अब तोकिएको अवधिमा खाल्डा पुरिने रिजालको दावी थियो।रत्नपार्क– साखु, नागढुङ्गा–कलंकी र अन्य सडकहरुमा यसरी नै खाल्डा पुरिने प्रतिवद्धता प्रधानमन्त्रीको रुपमा ओलीले सपथ लिएसँगै सुरु भएको थियो।
केही दिनअघि मात्र काठमाडौको कीर्तिपुरमा सडकको खाल्डोमा परी एक साइकलयात्रीले ज्यान गुमाएका थिए। उक्त स्थानमा ढलका लागि छोडिएको खाल्डो खुल्लै राख्दा एक व्यक्ति खसेर ज्यान गएको थियो। सरकारी निकायहरुका बीचमा सम्वन्वय नहुँदा उपत्यकामा यस्ता मानवीय मृत्यु पासो रहेको छ। जसमा परेर हरेक दिन मानिस घाइते हुने गरेका छन्।

Comments
Post a Comment