श्रीमानको विश्वास गर्दा जेल परे भन्दै गुनासो पोखिन् एक खुट्टाले नाच्ने रोमा न्यौपाने (हेर्नुहोस् भिडियो)
रोमा न्यौपाने नेपालकी एक चचिर्त कलाकार हुन् । उनी ८ वर्षको उमेरमा बस दुर्घटनामा परेकी थिइन्। सोहि दुर्घटनामा परि उनले आफ्नो देब्रे खुट्टा गुमाएकी थिइन्।
सानै छँदा उनले आफ्न खुट्टा गुमाइन तर पनि उनले आफ्नो जीवनमा हरेश खाइनन्। जीवनको हरेक कठिनाई, र बाधाअर्चनलाई आत्मसाथ गर्दै उनले आफुलाई एक खुट्टाको भरमा नाचेर सबैलाई आश्चर्य बनाउदै आएकी छिन्।एउटा खुट्टा मात्र भएर पनि स्टेजमा छमछम नाच्ने रोमा न्यौपाने धेरैको लागि प्रेरणाको पात्र हुन् । रोमालाई २०७२ सालमा सरकारले युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार समेत प्रदान गरेको थियो । तर, केही समय अगाडी ठगी आरोपमा उनी जेल परेपछि आलोचनामा परिन्।
जिल्ला अदालत, काठमाडौंले तोकेको ३६ लाख ५० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि रोमा जेल चलान भएकी हुन् । रोमासहित उनका पति चिरञ्जीविविरुद्ध ३६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । उनीहरूले भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज ‘भीएडी’ नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेका थिए।
रोमा दुई महिना जेल बसेर अहिले जेलबाट छुटेकी छिन् भने उनका श्रीमान जेलमा छन् । रोमाका अनुसार, उनी श्रीमानलाई विश्वास गर्दा आफू जेल पर्नुपर्ने अवस्था आएको हो । उनले कमाएको सबै पैसा श्रीमानलाई दिइन् र श्रीमानले क्याफेमा लगानी गरे। तर साझेदारहरुले उनलाई ठगीको आरोप लगाए, क्याफे घाटामा गएर बन्द भयो। उनी अहिले घरभाडा तिर्न र बच्चा पढाउन समेत गाह्रो परिरहेको बताउँछिन्।
विवाह कै कुरा गर्ने हो भने उनको प्रेम विवाह थियो। उनी भन्छिन् ,’मैले साच्चि बसेर ठुलो गल्ती गरे.त्यँही कारण म जेल परे। जेल पर्ने सबै अपराधि हुँदैन भन्छिन् उनी। आफुले अपराध नगरे पनि श्रीमानका कारण जेल पर्नु परेकोमा उनले मन दुखाएको बुझ्न सकिन्छ।हेर्नुहोस् भिडियो

Comments
Post a Comment