एजेन्सी । भारतका एक जना किशोरले अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थल उडाइदिने धम्की दिएका छन् । यसरी धम्की दिने १८ वर्षीया किशोरलाई भारतीय प्रहरीले उत्तरप्रदेशको जालौन जिल्लाको उरईबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १२ कक्षामा अध्यायनरत ती युवकले फोनबाट गरेर मियामी विमानस्थलका अधिकारीलाई बमले विमानस्थल उडाउने धम्की दिएको जनाइएको छ । प्रदेश प्रहरी महानिर्देशक ओपी सिंहले एफबीआईले यो विषयमा राष्ट्रिय जाँच एजेन्सीलाई जानकारी दिएको बताए ।
त्यसपछि एटीएसले स्थानीय प्रहरीको सहयोगमा ती किशोरलाई पक्राउ गरेको उनले जानकारी दिए । प्रहरीका अनुसार आरोपी किशोरले फर्जी इमेल अकाउट बनाउन फर्जी आधार कार्ड पनि बनाएका थिए । सोधपुछका क्रममा आरोपीबाट कम्प्यूटर र फोनसमेत जफत गरिएको जनाइएको छ । एटीएस महानिरीक्षक असीम अरुणले भने, ‘हामीलाई हाम्रै सहयोगी एजेन्सीबाट सूचना प्राप्त भएको थियो । कसैले मियामी विमानस्थलका अधिकारीलाई पटक पटक फोन गरेर एके ४७ र ग्रेनेडबाट आक्रमण र्गे धम्की दिइरहेको बताइएको थियो ।’
आरोपीले आफू बुलेटप्रुफ ज्याकेट लगाएर सो विमानस्थलमा जाने र नरसंहार मच्चाउने धम्की दिएको बताइएको छ। प्रहरीले आईपी एड्रेस ट्रेस गरेर आरोपीलाई पक्राउ गरेकोहो। अनुसन्धानका क्रममा एक युवकले आफ्ना बाबुबाट रुपैयाँ लिएर एक हजार डलरको बिटक्वाइन किनेको र बिटक्वाइनको मूल्य बढेर तीन हजार डलर पुगेको बताए। यसैबीचमा एक व्यक्तिले आरोपीबाट सबै बिटक्वाइन लिएर ठगे । त्यसपछि आरोपीले सहयोगका लागि एफबीआईलाई फोन गरे । तर, कुनै सहयोग पाएपछि उनले मियामी अन्तर्राष्ट्रिय विमान स्थल नै अडाई दिने धम्की दिए ।

Comments
Post a Comment