बर्सेनि अर्बौंको तरकारी आयात भइरहेको अवस्थामा मेहनत गर्याे भने स्वदेशमै गज्जबले तरकारी फलाउन र मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, रुपन्देही शुद्धोधनका किसान ।
शुद्धोधन गाउँपालिका–३, सियाभारका लक्ष्मण अधिकारी र सोही गाउँका प्रकाश खनालले व्यावसायिक रुपमा तीते करेला खेती गरेर मनग्य आम्दानीमात्र गरेका छैनन्, प्रदेशकै नमूना किसानको पहिचान बनाउनसमेत सफल भएका छन् ।
खनालले तीन बिघामा र अधिकारीले एक बिघामा छुट्टाछुट्टै गरी ४ बिघा खेतमा तीते करेला खेती गरिरहेका छन् । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाका अनुसार यो परिमाणमा करेला खेती भएको प्रदेशमै पहिलो हो ।
अधिकारीका अनुसार एक बिघा खेतमा करेला खेती गर्न सरदर ५–७ लाख रुपैयाँ खर्च हुन्छ । करेला लगाएको दुई महिनामा उत्पादन शुरु हुन्छ र तीन महिनासम्म लगातार उत्पादन भइरहन्छ ।
एक बिघा खेतबाट कम्तीमा १५ लाख रुपैयाँको करेला बेच्न सकिने अधिकारी बताउँछन् । करेलासँगै काँक्रा र सिमीसमेत लगाउन सकिने भएकाले त्यसबाट अतिरिक्त आम्दानी लिन सकिने उनले बताए ।
‘जाडो महिनाबाहेक अरु महिना जुनसुकै मौसममा करेला खेती गर्न सकिँदो रहेछ, तीन महिनामा एक बिघामा तीन सय क्वीन्टलसम्म फलाउन र ५ देखि ७ लाख कमाउन सकिँदो रहेछ’, अधिकारीले भने, ‘वर्षमा एक बिघा करेला खेतीबाट कम्तीमा १० लाख कमाइ हुन्छ ।’
हाल नेपालमा खपत हुने ९० प्रतिशतभन्दा बढी तीते करेला भारतबाट आयात हुने गरेको र बिचौलियाका कारण मूल्यमा अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अधिकारीको गुनासो छ । उत्पादित करेला बुटवलस्थित कृषि उपज थोक बजार केन्द्रमा बिक्री हुने गरेको छ ।
पहिलोपटक शुरु गरेको तीते करेला खेतीबाट उत्साहित अधिकारी थप जग्गामा पनि करेला खेती गर्ने सोचमा छन् ।
शुद्धोधनकै अर्का किसान प्रकाश खनाल तीन महिनामा न्यूनतम ४५ लाख रुपैयाँ बराबरको करेला उत्पादन गरेर बिक्री गर्ने गरेको बताउँछन् । ‘अहिले दिनमा १० क्वीन्टल उत्पादन भइरहेको छ, प्रतिकिलो न्यूनतम ५० रुपैयाँका दरले पनि तीन महिनामा ४५ लाखको बिक्री हुन्छ’, खनालले भने, ‘सरकारले स्वदेशी उत्पादनको बजारीकरण र उचित मूल्यका लागि सानो सहयोग मात्रै गर्ने हो भने किसानहरु अझै उत्साहित हुन्छन् ।’
अहिले रुपन्देहीमा तीते करेलाको बजार मूल्य सरदर ८० रुपैयाँ प्रतिकेजी छ । बेमौसमी खेती भएकाले तीते करेलाको माग र मूल्य दुवै राम्रो हुन्छ । चाडपर्वको सिजन शुरु भएकाले दशैं तिहारसम्म नै तीते करेलाको माग हुने गर्छ । अहिले अचार बनाउन प्रयोग हुने तीते करेला सबै भारतबाट आयात हुने गरेकाले उत्पादन बढाउन सके आचारका लागि पनि स्वदेशकै करेला खपत हुनसक्ने खनाल बताउँछन् ।
खनालले अर्को वर्षदेखि आफ्नो करेला पूर्णरुपमा अर्गानिक तरिकाले उत्पादन गर्ने योजनामा रहेको बताए । सरकारले तरकारी र अन्य कृषि उत्पादन बढाउन भारतले जस्तै मलखाद, बिउबिजन, सिँचाइ, ट्याक्टर खरिद आदिमा भारी मात्रामा अनुदान दिनुपर्ने खनालको माग छ ।
‘त्यसो नगर्दासम्म नेपाली किसानले जति प्रयास गरे पनि प्रतिस्पर्र्धा गर्न कठिन हुन्छ र कृषि पेसा दीर्घकालीन हुन सक्दैन’, उनले भने ।

प्रकाश खनाल तीन महिनामा ४५ लाख रुपैयाँ बराबरको करेला उत्पादन गरेर बिक्री गर्ने गरेको बताउँछन् । अहिले दिनमा १० क्वीन्टल उत्पादन भइरहेको छ, प्रतिकिलो न्यूनतम ५० रुपैयाँका दरले बिक्री हुन्छ
एक बिघा खेतबाट कम्तीमा १५ लाख रुपैयाँको करेला बेच्न सकिने अधिकारी बताउँछन् । करेलासँगै काँक्रा र सिमीसमेत लगाउन सकिने भएकाले त्यसबाट अतिरिक्त आम्दानी लिन सकिने उनले बताए ।
‘जाडो महिनाबाहेक अरु महिना जुनसुकै मौसममा करेला खेती गर्न सकिँदो रहेछ, तीन महिनामा एक बिघामा तीन सय क्वीन्टलसम्म फलाउन र ५ देखि ७ लाख कमाउन सकिँदो रहेछ’, अधिकारीले भने, ‘वर्षमा एक बिघा करेला खेतीबाट कम्तीमा १० लाख कमाइ हुन्छ ।’
हाल नेपालमा खपत हुने ९० प्रतिशतभन्दा बढी तीते करेला भारतबाट आयात हुने गरेको र बिचौलियाका कारण मूल्यमा अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अधिकारीको गुनासो छ । उत्पादित करेला बुटवलस्थित कृषि उपज थोक बजार केन्द्रमा बिक्री हुने गरेको छ ।
पहिलोपटक शुरु गरेको तीते करेला खेतीबाट उत्साहित अधिकारी थप जग्गामा पनि करेला खेती गर्ने सोचमा छन् ।
शुद्धोधनकै अर्का किसान प्रकाश खनाल तीन महिनामा न्यूनतम ४५ लाख रुपैयाँ बराबरको करेला उत्पादन गरेर बिक्री गर्ने गरेको बताउँछन् । ‘अहिले दिनमा १० क्वीन्टल उत्पादन भइरहेको छ, प्रतिकिलो न्यूनतम ५० रुपैयाँका दरले पनि तीन महिनामा ४५ लाखको बिक्री हुन्छ’, खनालले भने, ‘सरकारले स्वदेशी उत्पादनको बजारीकरण र उचित मूल्यका लागि सानो सहयोग मात्रै गर्ने हो भने किसानहरु अझै उत्साहित हुन्छन् ।’
हाल नेपालमा खपत हुने ९० प्रतिशतभन्दा बढी तीते करेला भारतबाट आयात हुने गरेको र बिचौलियाका कारण मूल्यमा अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अधिकारीको गुनासो छ
अहिले रुपन्देहीमा तीते करेलाको बजार मूल्य सरदर ८० रुपैयाँ प्रतिकेजी छ । बेमौसमी खेती भएकाले तीते करेलाको माग र मूल्य दुवै राम्रो हुन्छ । चाडपर्वको सिजन शुरु भएकाले दशैं तिहारसम्म नै तीते करेलाको माग हुने गर्छ । अहिले अचार बनाउन प्रयोग हुने तीते करेला सबै भारतबाट आयात हुने गरेकाले उत्पादन बढाउन सके आचारका लागि पनि स्वदेशकै करेला खपत हुनसक्ने खनाल बताउँछन् ।
खनालले अर्को वर्षदेखि आफ्नो करेला पूर्णरुपमा अर्गानिक तरिकाले उत्पादन गर्ने योजनामा रहेको बताए । सरकारले तरकारी र अन्य कृषि उत्पादन बढाउन भारतले जस्तै मलखाद, बिउबिजन, सिँचाइ, ट्याक्टर खरिद आदिमा भारी मात्रामा अनुदान दिनुपर्ने खनालको माग छ ।
‘त्यसो नगर्दासम्म नेपाली किसानले जति प्रयास गरे पनि प्रतिस्पर्र्धा गर्न कठिन हुन्छ र कृषि पेसा दीर्घकालीन हुन सक्दैन’, उनले भने ।
Comments
Post a Comment