१८ कार्तिक,काठमाडौं– भुकम्पले भत्काएको नेपालको धरहरा पुननिर्माण गर्ने सम्बन्धीत निकायले प्रतिवद्धता जनाएका छन् । आज काठमाण्डौमा भएको एक कार्यक्रममा सम्बन्धीत निकायले भुकम्पले भत्काएको धरहरा पुननिर्माणमा प्रतिवद्धता जनाएका हुन् । धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकायहरु र स्थानीय समुदायले धरहरा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, सञ्चयकोष, नेपाल राष्ट्र बैंक, हुलाक, ट्राफिक प्रहरी, केयुकेएलका प्रतिनिधिको सहभागिता रहेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा सहभागीहरुले धरहरा पुनर्निर्माणका लागि त्यहाँ भएका पूर्वाधारहरुलाई हटाएर सहजीकरण गर्ने र भविष्यमा आइपर्ने काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । काठमाडौं महानगरपालिका वडा नं २२ का वडाध्यक्ष लगायतले धरहरा पुनर्निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताए ।

Comments
Post a Comment