एकैपटक चार सन्तानलाई जन्म दिएकी आमा भन्छिन्,‘एउटालाई फकाउन थाल्यो अर्को रुन्थ्यो,साह्रै गाह्रो गरेर हुर्काए’
काठमाडौँको म्हेपीका यी चार बालबालिका चुम्ल्याहा हुन् । एउटै कक्षामा पढ्ने प्रणय हर्ष, प्रशन्न हर्ष, प्रतिक हर्ष र प्रशंसा हर्ष लाई देख्दा मानिसहरु दंग पर्ने गर्छन् । उनीहरु सँगै स्कुल जान्छन्, सँगै घर फर्कन्छन् । उनीहरु स्कुलमा पनि एउटै सेक्सनमा पढ्छन् । जबकी उनीहरुजन्मदिन समेत एकै दिन मनाउँछन् । विसं २०६२ बैशाख २८ गते एकैपटक आमा प्रमिला बज्रचार्यको कोखबाट उनीहरुको जन्म भएको हो । उनीहरुले नर्सरीदेखि एलकेजी सम्म दरबारमार्गमा रहेको मोर्डन नेवा स्कुलमा पढेँ ।
उनीहरु अहिलो राजधानीको रोजड स्कुलमा कक्षा ७ मा पढ्छन् । उनीहरु नेवार समुदायको भएकाले उनीहरुको आमा बुबा घरमा प्राय नेवार भाषा प्रयोग गर्ने गर्छन् । चुम्ल्याहाकी कान्छी प्रशंसा भन्छिन् बूबा आमाले बोलेको कुरा बुझ्न त बुझ्छौँ तर फर्काउन आउँदैन् । उनीहरु सँगै खेल्दा कहिले काँही सामान्य झगडा गर्ने गर्छन् । उनीहरु एकले गरेको गल्तीमा सबैले पिटाइ खाएको कुरा सम्झदै भन्छन् एक दिन एउटादे फुलको गमला फुट्दा चारै जनाले पिटाइ खाएको प्रशंसादले बताइन् । अब त उनीहरु आफै बुझ्ने भएका छन् ।
आफै भन्छन् हामी चारै जना एकसाथ जन्मिएको भन्ने विषय हामी आफैलाई अनौठो लाग्छ । अरुले एउटा सन्तान जन्मिएको दुइ तीन वर्षमा अर्को बच्चा जन्माउँछन् । तर हामी त एकै पटक जन्मियौ , हामी निकै भाग्यमानी छौँ । कान्छा प्रतिकले भने बरु हाम्रो आमाबाबूले हामी चार चार जनालाई कसरी हुर्काउनुभयो होला ? उनीहरु आफुले सानोमा गरेका कुरा स्मरण गर्दै भन्छन् एक जनाले खाने कुरा माग्यो भने सबैलाई चाहिन्थ्यो । एउटा खेल्ने कुरा ल्यायो भने सबैलाई चाहिन्थ्यो । उनीहरु भन्छन् बेफाइदा भनेको एउटा कुरा चारै जनालाई भाग लगाउनु पर्ने मात्र हो तर अरु त फाइदै फाइदा छनी ।
कक्षा ५ सम्म पढ्दा उनीहरु एउटै कपडा एउटै रङको प्रयोग गर्ने गर्थे तर अहिले फरक फरक लगाउँछन् । कहिले काँही मात्र उनीहरुलाई एउटै पोशाकमा भेटिने गर्छ नत्र उनीहरु फरक फरक ड्रेसमा देखिने गर्छन् । सँगै हिड्दा मानिसहरु उनीहरुलाई देखेर दंग पर्छन् । विद्यालयमा पनि उनीहरुको बारेमा निकै चासो राखेर उनीहरुको विषमा चासो राख्ने गर्छन् । प्रणय भन्छन्, एक दिन ट्याक्सीमा ममीसँग जाँदा ड्राइभरले यी चारै जना तपाईको सन्तान हो भनेर सोध्दा ममीले चम्ल्याहा भनेपछि ड्राइभरले ट्याक्सी रोकेर हेरिरहे । उनी भन्छन् चुम्ल्याह हो भन्ने थाहा पाएपछि कतिपय मानिसहरु त सँगै बसेर तस्वीर समेत लिने गर्छन् ।
आमा प्रमिला बज्रचार्य : मेरो टेस्टयुट बेबी हो । पहिलो स्टेजमा नै चार जना छन भन्ने थाहा पाए । महिना पुगेर नै जन्म भयो । दुई जनालाई इक्युभेटरमा राख्नुपर्यो । डाक्टरले दुइटालाई लिएर घर जानुहोस् भनेका थिए । तर हामीले चारै जनालाई सँगै घर लिएर जाने बतायौ । चार जना मध्ये छोरी सानै देखि एक्टिभ छिन् । सुत्केरी भएको एक महिनापछि चारैजना लिएर घर आयौँ । हुर्काउँन धेरै गाह्रो भयो । बच्चा स्याहार्न एकजना मान्छे पनि राखेको थिए । एउटा रोएर फकाउँदा अर्को रुन्थ्यो ।
एउटा बिरामी पर्यो भने अर्को बिरामी हुन सुरु भइ हाल्थ्यो । कहिले काँही त दुईटा तीन टै बिरामी पर्थे । सर्छ भनेर छुट्टछुट्टै सुताउने गथ्यौ । खोप लगाएको दिन त झन रात भरि सुत्न दिदैनथे धेरै गाह्रो हुन्थ्यो । एउटाको जुठो अर्कोलाई खुवाउँदैनौँ । सन्ताले दुख दिँदा पिडा त भैहाल्छ तर अरु बेला भने खुसी लाग्छ । सानो हुँदा हुर्काउने पिर थियो अब ठूलो भए कतै नराम्रो संगतमा लाग्ने पो हुन की भन्ने ठूलो चिन्ता छ । सँगै हुँदा सामान्य झगडा गर्छन् तर सँगै मिलेर पढेको खेलको देख्दा ज्यादै खुसी लाग्छ ।

Comments
Post a Comment