धादिङ । धादिङमा भएको ट्रिपर दुर्घटना पछि च्यापिएका ट्रिपर चालकलाई धादिङका स्थानीय युवा र प्रहरीको सहायतामा उद्दार गरिएको छ । ट्रिपर चालक लम्जुङ्ग निवासी ४० वर्षको कुमार कार्की रहेको प्रहरीले जनाएको छ ।
नीलकण्ठ नगरपालीका स्थित धादिङबेसीको पुछार बजारको पुलमा मलेखुतर्फबाट धादिङको सदरमुकाम जाँदै गरेको बा२क ७०२० नम्वरको ट्रिपर सोही दिशाबाट जाँदै गरेको बा २ क ९१११ नम्वरको ट्रिपर एक आपसमा ठक्कर खाँदा बा२क ७०२० नम्वरको ट्रिपरको चालक भने च्यापिएका थिए । घाईते चालकलाई करिव आधा घण्टाको कठिन प्रयास पछी जिवितै उद्दार गरिएको हो ।
उनलाई अहिले जिल्ला अस्पताल धादिङमा उपचार पछी थप उपचारका लागी काठमाण्डौ लगिएको छ । लोड ट्रिपरको ओरालोमा ब्रेक फेल भई अगाडिको ट्रिपरमा ठोकिन पुग्दा दुर्घटना भएको हो । दुबै ट्रिपर अहिले प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
२०७५ कार्तिक १७ गते प्रकाशित

Comments
Post a Comment