माता दक्षिणकालीको दर्शन गर्नुहोस, तपाईले चाहेको सबै पूरा हुनेछ!! सेयर लाईक र कमेन्ट गर्न हेला नगरौ अनिष्ट हुन सक्छ

माता दक्षिणकालीको दर्शन गर्नुहोस, तपाईले चाहेको सबै पूरा हुनेछ!! सेयर लाईक र कमेन्ट गर्न हेला नगरौ अनिष्ट हुन सक्छ

दक्षिणकाली तीर्थस्थल काठमाडौंबाट १७ किलोमिटर दक्षिण दिशामा पर्दछ । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं ५, फर्पिङमा रहेको यो तीर्थस्थलमा शनिबार र मंगलबार भक्तजनको विशेष घुइँचो लाग्दछ ।

काठमाडौं शहरको कोलाहल र दुषित वातावरणबाट टाढा दक्षिणकाली मन्दिर क्षेत्र प्राकृतिकरुपमा पनि धनी छ । यो क्षेत्र अत्यन्त मनोरम वातावरणमा रहेको कारण यहाँ पिकनिक खानका लागि पनि धेरै मानिसहरु आउने गरेको पाइन्छ । विश्वविख्यात दक्षिणकालीको मन्दिर जुन विश्वप्रख्यात छ । यस मन्दिरको माथिपट्टी माताको अर्को मन्दिर पनि रहको छ ।फर्पिङ बजारबाट दक्षिण दिशाको दुई खोलाको दोभानको ढिस्कोमा दक्षिणकाली माईको मन्दिर छ । प्राचिन कालमा गोरखनाथ गुफाको पछाडिको जंगल र चट्टानमा असुरा गुफा थियो । उक्त स्थानलाई ध्यानचागिरी भनिन्छ । त्यसबेला गुफाको आसपासका गाउँहरुबाट दैनिक दुई तीन जना मानिस हराउने गर्दथ्यो ।

त्यसैबेला योगी गोरखनाथ गुफामा बौद्ध गुरु पद्मसम्भव ध्यान गरिरहनु भएको थियो । सोही बेलामा गुरुको कानमा आवाज आयो । जताततै मान्छे रुने र कराउने आवाज आएको हुँदा किन यस्तो विलाप भयो भनेर गुरुले ध्यानदृष्टिले हेर्दा नाङसरी नामको राक्षसले मानिसहरुलाई खाँदिरहिछ । त्यसैताका नाङसरीले बच्चा पाइछ । बच्चा पाएपछि बच्चा पाल्नु पर्ने आफूले पनि खानुपर्ने चिन्ताले बच्चालाई कोक्रामा सुताएर नाङचरी शिकारमा जाने बेलामा गुरु पद्मसम्भवले थाहा पाएपछि बच्चा लिएर ध्यानचागिरीको ओडारमा लुकाई राखेछन् ।बेलुका राक्षसले मान्छेलगायत विभिन्न प्राणीको बच्चा लिएर आइन् । राक्षसले कोक्रामा आफ्नो बच्चालाई नदेखेपछि कहाँ कसले लग्यो होला ? के भयो भनेर रुँदै चिच्याउँदै वरिपरिका झाडी, जंगल सबै रिसले माराकमुरुक, कारापकुरुप पारी रोएर विलाप गर्न थालिन् । सबै ठाउँमा खोज्दा नपाएपछि थकित भएकी राक्षसले गुरु पद्मसम्भवलाई देखिन् ।



राक्षसले गुरुलाई सोधिन्– मेरी छोरी कोक्रामा सुताइराखेको ठाउँमा छैन, कहाँ कसले लग्यो होला ? तपाईंले देख्नुभयो कि ? देखेको भए बताइदिनुहोस् न । गुरुले मैले देखेको छैन भने । नाङसरीले फेरि भनिन्– यहाँ तपाईंबाहेक अरु कोही पनि छैन । त्यसकारण तपाईंले पक्कै देखेको हुनुपर्छ भन्दै जिद्धि गर्न थालिन् ।राक्षसको कुरालाई वास्तै नगरी गोरखनाथ गुफामा गुरु ध्यान गर्न थाल्नुभयो । केही समयपछि राक्षसका ३ जना भाइबहिनीहरु आएर गुरुलाई नै खाउँ भन्दै घेरा हालेर बसे । त्यसपछि गुरुले भने– तिम्रो एउटी छोरी हराउँदा यस्तो विलाप गछ्र्यौ, तिमीहरुले अर्काका बच्चा सारा सोरेर ल्याउँदा उनीहरुका बाबु आमाको मन कस्तो भयो होला, कहिल्यै सोचेका छौ ? गुरुले यसो भन्दा राक्षसहरु चुप लागेर बसे ।

त्यसैबेला गुरुले बज्रकिलको ऋद्धिशक्तिद्वारा ती नरभक्षी राक्षसहरुलाई बसमा लिए । उनले अब उप्रान्त अरु कुनै प्राणीको हिंसा नगर्ने र मासु नखाने बाचा ग¥यौ भने तिम्रो छोरी देखाउँछु भनेपछि राक्षसहरुले भने– हाम्रो पूर्व संस्कार हिंसा गर्ने र मासु खाने भए पनि अब उप्रान्त हामी गुरुको आज्ञाअनुसार गुरुकै अनुयायी भएर बस्छौं । राक्षसहरु यस्तो बाचा बन्धनमा बाँधिएपछि गुरुले नाङसरीको छोरी दिए ।गुरुको आज्ञा पालन गरी छुङछुङडोलमा (दक्षिणकाली माई)को रुपमा दुई खोलाको दोभानमा बसेछ । आमा नाङसरी दुई खोलाको बिच खुँडा धारजस्तो माथि डाँडाको टुप्पामा बस्नु भन्ने गुरुको आज्ञा पालन गरी प्राचिन कालदेखि उनीहरु उक्त स्थानमा बस्न थाले । गुरुको आज्ञालाई सहजरुपमा पालना गरी पूर्व हिंसा गर्ने र मासु खाने संस्कार त्याग गरेर गुरु पद्मसम्भवको शिष्य बन्न उनीहरु राजी भए । गुरुले पनि अबदेखि बज्रकिल धर्मपालको रुपमा मनोनित गरे । साथै गुरुले उनीहरुलाई अबदेखि तिमीहरु पिठाको डल्लो, धानको लावा, मकै भुटेको फुल, फलफुलको रस खाएर बस्नु भन्ने आग्रह गरे । पछि तिमीहरुलाई ठूलो सम्मान हुनेछ । तिम्रो आमाछोरीको भविष्य राम्रो हुनेछ भनी गुरुले आशीर्वाद दिए ।

पुरानो दक्षिणकाली मन्दिर

यो मन्दिर फर्पिङ बजारबाट पैदल एक घण्टामा पुगिन्छ । मन्दिरको केही माथि गोरखनाथ गुफा छ । छेवैमा तारा (डोलमा)को मन्दिर छ । यस गुफाको ढोकोको दायाँपट्टि भिरमा एक महासिद्धिको हस्तछाप दर्शनीय रहेछ । पुरानो दक्षिणकाली भन्नाले हाल दक्षिणकाली बचपन अवस्थामा गुरु पद्मसम्भवले छुङछुङडोलमालाई लुकाई राखेको स्थानलाई बुझिन्छ । त्यस स्थानमा पुग्नलाई गोरखनाथ गुफाबाट ४५ मिनेट लाग्ने रहेछ । गुफाबाट पैदल उकालो चढेर केही माथि पुगेपछि रमणीय स्थान रहेछ । उक्त स्थानमा बौद्धमार्गीहरुको धुप बाल्ने मन्दिर रहेछ । त्यहाँबाट उकालो चढेपछि झनझन माथि पुग्यो, झनझन रमणीय प्राकृतिक चट्टान, घना जंगल रहेछ । माथि पुग्दा झण्डै चन्द्रागिरी छेउमा पुगेजस्तो अनुभव भयो । त्यहाँ एकै ठाउँमा आठवटा मूर्तिहरु रहेछन् । यो राक्षसहरुको मूर्ति हो ।

सिमभञ्ज्याङमा ४ र फर्पिङमा ४ गरी आठवटा भएको हो भन्ने बुझिन्छ ।यो ठाउँ अति नै रमणीय प्राकृतिक चट्टान र घना जंगलले ढाकिएको छ । जो कोही त्यहाँ पुग्ने मानिसहरु त्यहाँको रमणीय दृश्यले मोहित हुन्छन् । गुरुको आदेशअनुसार छुङछुङडोलमा (दक्षिणकाली) माईले प्राणी बली नखाने भए पनि वि.सं १५४० मा राजा रत्न मल्लले काठमाडौं उपत्यकाभित्र हिन्दू धर्मको विकास र विस्तार सँगसँगै दक्षिणकाली नामाकरण गरी प्राणीहरुको बली दिने चलन चलाएको हो भन्ने जनश्रुति पाइन्छ । उक्त पुरानो दक्षिणकाली मन्दिरलाई वि.सं १७२७ मा प्रताप मल्लको पालामा हाल भएको ठाउँमा सारिएको हो । हिन्दू र अहिन्दूहरुले अन्धविश्वासमा परी दक्षिणकाली माईलाई पनि बली दिने गरेको पाइन्छ । यी चार राक्षस भाइबहिनीमध्ये सबैभन्दा सानो बहिनी फर्पिङमा रहेको छुङछुङडोलमा (दक्षिणकाली) माई हुन् भनिन्छ । यस गुफामा योगी गोरखनाथ लामो समय योग साधना गरी बस्नु भएकाले यस गुफालाई गोरखनाथ गुफा भनिएको हो ।

गोगी गोरखनाथ नै गुरु पद्मसम्भव हुन् भन्ने कुरा बौद्ध वाङ्मयका साथ रातो मच्छिन्द्रनाथको इतिहासमा स्पष्ट उल्लेख भएको पाइन्छ ।प्राचिनकालदेखि हालसम्म पनि आमा नाङ्सरीको मन्दिरमा भक्तजनहरुको उपस्थिति नगन्यरुपमा छ भने छोरी छुङछुङडोलमाको मन्दिरमा भक्तजनहरुको भिड लाग्छ । किन होला भन्दा आमाको मन्दिरमा तीन जना मानिस गयो भने दुई जनामात्र फर्किन्छ रे ¤ त्यसैकारणले होला आमाको मन्दिरमा सुनसान हुने ।

हालको दक्षिणकाली मन्दिर

हालको दक्षिणकाली माईको स्थापना राजा प्रताप मल्लले गरेका हुन् । सपनामा प्राप्त भएको ज्ञानलाई प्रताप मल्लले याद नगरी हिँड्दा दक्षिणकालीमाई कुमारी कन्यामा प्रवेश भई प्रत्यक्ष आज्ञा भयो– मेरो स्वयम्भु मूर्ति अप्रकाशित छ, मलाई मूर्तिमान बनाई स्थापना गर । यसले ऐश्वर्य पाउनुका साथै माहामारी भएपनि निवारण होला भनेको शिलापत्रमा लेखिएको छ । त्यसपछि प्रताप मल्लले उनको मूर्ति निर्माण गर्न लगाए । जब मूर्ति निर्माण कार्य पूरा भयो तब राजाले यो मूर्ति त मेरो अप्रकाशित ध्यान हो भनी मूर्ति आफ्नो दरबार मोहनचोकमा स्थापना गर्न लगाए । त्यसपछि राजाले तान्त्रिक विद्यामा निपूर्ण गुरु डाकी उक्त मूर्ति देखाउँदा यो मूर्ति त प्राचिन कालमा उत्पति भएको बताए ।

दक्षिणकोणको दक्षिणयात्मक पीठ शिखरापुर (फम्पी) फर्पिङ समिपमा रहेको गोरखनाथ गुफा रहेको पर्वतको माथिल्लो नगर्चो थुम्कोमा श्री दक्षिणकाली माई र उनका गणहरुको बासस्थन पीठको जस्तै भएकाले अझ तेज बढेर उक्त मूर्तिबाट जाज्वल्यमान जागृह भई मानिसलाई सम्हाल्न साह्रै गाह्रो भयो । षड्भुजा चामुण्डाको वाहन आसन भएको मूर्तिमा तीन नेत्रको सट्टा दुई नेत्रमात्र राखी निर्माण गर्न लगाउन सल्लाह दिइयो । जब मूर्ति तयार भयो, राजा, मन्त्री र गुरुका सल्लाहअनुसार दुई नदीको दोभानमा (हाल मन्दिर भएको ठाउँमा) मूर्ति राखी सो मूर्ति नगर्चो डाँडाको उक्त अप्रकाशित कोरा पाषणट जीवरुपम सट्टा निकाली तेज खिचेर साधना गरी मध्यरातमा महाँ पूजाकोट्याहुति सहस्रवली तथा यज्ञ गरीकन प्रतिस्ठा कर्म र विधि विधान पूर्वक वैशाख शुक्ल तृतीयाका दिनमा उद्घाटन गरी विराजमान गरिएको हो ।यो ऐतिहासिक महत्वले भरिपूर्ण मन्दिर हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ ।

यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन् । उक्त स्थानमा श्री दक्षिणकाली माईको अष्टमातृका विहार गर्न स्थान बनाइएको हो । उनलाई दक्षिकाली माईको आमा हुन् भनी पूजा आरधना गरिन्छ । पहिला निर्माण गरिएको तीन नेत्र भएको सुन्दरकाली राजाको राजकुल दरबार सुन्दरचोकमा स्थापना गरी विराजमान गरिएको हो । त्यसपछि नेपालका राजा गीवार्णयुद्धबाट दक्षिणकाली माईको नित्य पूजा तथा महापूजाको लागि फर्पिङ इलाकाभित्र परेको जग्गा ५ सय ४ मुरी खेत राजगुठीमा राखी त्यहाँको आयस्ताबाट उनको पूजाआजा चलाउन भनी १८५६ मा ताम्रपत्रसमेत खडा गरी विधिपूर्वक संकल्प गरी पूजा तथा महापूजा चलाइराखिएको छ । ५६ हेक्टर वन क्षेत्रमा यो मन्दिर रहेको छ ।पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृतिमा केही चोटहरु देखिन्छ । महापूजा वर्षको दुईपटक गरिन्छ । वैशाख कृष्ण त्रयोदशी र भाद्र कृष्ण अष्टमीका दिनमा पूजा गर्ने चलन छ ।

राजा त्रिभुवनको पालामा २००७ सालमा काठमाडौंदेखि फर्पिङसम्म सडकको निर्माण गरियो । राजा महेन्द्रको पालामा मन्दिरसम्म जाने सिँढीमा ढुंगा छाप्ने र वीरेन्द्रको पालामा दक्षिणकाली माईको प्रांगणमा मार्वल छाप्ने काम भयो । पूर्व राजाहरु यहाँ बर्षेनि वैशाखमा आफ्नो देवाली मनाउन जाने गर्दथे । शान्त वातावरणमा रहेको यो मन्दिरमा बर्षेनि लाखौं भक्तजन आफ्नो मनोकांक्षा पूरा गर्न आउँछन् । मूलतः दशैंको बेला यहाँ विशेष मेला लाग्छ । दशैंको नवरात्रीमा यहाँ कैयौं भक्तजनहरु हाँस, कुखुरा, राँगो, बोकाको बली दिन्छन् । यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ ।

Comments